कोलकाता, 02 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल शिक्षक भर्ती घोटालामा प्रवर्तन निदेशालय (ईडी)- को जाँच तीव्र भएको छ। ईडी अधिकारीहरूले ती शिक्षक उम्मेद्वारहरूलाई जाँचबुझको लागि नोटिस पठाएको छ जसले तृणमूल कंग्रेस (टीएमसी) विधायक जीवन कृष्ण साहालाई नोकरी दिलाउनको लागि पैसा दिएका थिए।
मुर्शिदाबाद जिल्लाको बड़त्रा विधानसभा क्षेत्रबाट टीएमसी विधायक साहालाई गत 25 अगस्तमा ईडीले पक्राउ गरेको थियो। ईडी सूत्रानुसार साहाले 75 जना उम्मेद्वारहरूबाट रकम लिएर अवैध भर्ती सुनिश्चित गरेका थिए।
सूत्रले बतायो, पहिलो चरणमा 20 जना उम्मेद्वारहरूलाई आगामी सप्ताह ईडीको सल्ट लेकस्थित सीजीओ कम्प्लेक्समा जाँचबुझको लागि बोलाइएको छ। यस ममिलामा एकजना बिचौलीको नाम पनि सामु आएको छ जसको माध्यमबाट पैसा लेन-देन भएकोछ। भनिन्छ, प्रत्येक उम्मेद्वारबाट लगभग सात लाख रुपियाँ असुल गरिएको छ।
ईडीका वकिलले पहिला नै कोलकाताको पीएमएलए विशेष अदालतलाई जानकारी गराएका थिए, वर्ष 2010-देखि 2015बीच साहाको खातामा लगभग 1.2 करोड़ रुपियाँ जमा भयो जसको श्रोतलाई उनले स्पष्ट पार्न सकेनन्।
साहा अहिलेघरि न्यायिक हिरासतमा छन्। यसपूर्व सीबीआईले पनि उनलाई यसै मुद्दामा पक्राउ गरेको थियो। जाँच एजेन्सी अनुसार साहाले भर्ती प्यानलको वैधता समाप्त भएपछि पनि केही उम्मेद्वारहरूको नियुक्तिलाई सुनिश्चित गराएका थिए। यसमा उनलाई तत्कालीन डब्ल्यूबीएसएससीका शीर्ष अधिकारी शान्ति प्रसाद सिन्हाले सहयोग गरेका थिए जसलाई साहाले 75 जना अयोग्य उम्मेद्वारहरूको सिफारिस गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा