आआपा विधायक हरमीत सिंह पठानमाजरा पुलिस हिरासतबाट फरार
विधायक


चण्डीगढ़, 02 सेप्टेम्बर (हि.स.)। पञ्जाबमा आफ्नै सरकारमाथि प्रश्न तेर्साउने सनौरका विधायक हरमीत सिंह पठानमाजरा पुलिसको हिरासतदेखि फरार भए। पठानमाजरा र उनका साथीहरूले यस अवधि पुलिसमाथि गोलीबारी गरे औं एक पुलिस कर्मीमाथि गाड़ी कुदाउने प्रयास गरे। पठानमाजरालाई दुष्कर्मको एक पुरानो केसको क्रममा हरियाणाको करनालबाट पक्राउ गरी पटियाला लगिँदैथियो।

पठानमाजराले सोमवार आफ्नो सरकार विरूद्ध आवाज उठाएका थिए। उनले आफ्नो क्षेत्रमा जलभरावको मुद्दामा मुख्यमन्त्री भगवन्त मानलाई लक्षित गरेका थिए। यसको केही बेरपछि नै पञ्जाब सरकारले सनौर क्षेत्रमा सबै थाना र चौकी प्रभारीहरूलाई बदली गऱ्यो र धेरै पुलिस कर्मीहरूलाई लाइन हाजिर गरियो। अबेर राति पठानमाजराको सुरक्षामा तैनाथ पुलिस कर्मीहरूलाई फर्किने आदेश जारी गरियो। मंगलवार बिहान पञ्जाब पुलिसद्वारा उनलाई हरियाणाको करनालबाट हिरासतमा लिइएको खबर अघि आएको छ। गिरफ्तारी अगाड़ी उनले एउटा भीडियो जारी गरेका थिए कि पञ्जाब पुलिसले उनकी पूर्व पत्नीसित जोड़िएको एक पुरानो मामिला दर्ता गरेको छ। दिल्लीको टीम पञ्जाबमाथि हावी हुने प्रय़ास गरिरहेको छ र मेरो आवाजलाई दबाइँदैछ। उनीमाथि 2022 मा उनकी दोस्रो पत्नी गुरप्रीत कौरले पहिलो बिहे लुकाएको र कुटपिटको आरोप लगाएकी थिइ। यस बाहेक एक अश्लील भीडियो भाइरल हुनलाई लिएर पनि उनी चर्चामा रहेका थिए।

हरमीत सिंह पठानमाजराका एडवोकेट बिक्रमजीत सिंह भुल्लरले भने, पठानमाजरा विरूद्ध पटियालाको सिविल लाइन थानामा 01 सेप्टेम्बर 2025 मा मामिला दर्ता गरिएको थियो। यस मामिलामा जीरकपुर निवासी महिलाको शिकायतलाई आधार बनाइएको छ। महिलाको आरोप छ, उसको 2013-14 मा सोशल मीडियामा पठानमाजरासित परिचय भयो। 2021 मा आनन्द कारज गराइयो। विधायककी दोस्रो पत्नी रहेको दाबी गर्ने महिला गुरप्रीत कौरले जीरकपुर थानामा शिकायत दिएर आरोप लगाएकी थिइ कि विधायकले उसलाई अश्लील भीडियो पठाइरहेका छन्। पठानमाजराकी पहिलो पत्नीदेखि तलाक नलिई उससित बिहे गरे। महिलाले यो पनि आरोप लगाइन् कि विधायकले लगातार धम्की दिइऱहेका छन्। 14 अगस्त 2022 मा गुरप्रीत कौरले फेसबुकमा विधायकसित बिहेका फोटोहरू पनि अपलोड गरेकी थिइ। गुरप्रीतको शिकायतमै अब कारबाही गर्दै जीरकपुर पुलिसले पठानमाजरामाथि रेपको मामिला दर्ता गरेको छ। आआप विधायक विरूद्ध भएको कारबाहीपछि पञ्जाबको राजनीति एक पल्ट फेरि गर्मिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande