कोलकाता, 02 सेप्टेम्बर ( हि. स.)। उत्तर–पूर्व बंगोपसागरको म्यान्मार तटवर्ती क्षेत्रमा निर्मित चक्रवातीय परिसंचरण मंगलवार निम्न दबावमा परिणत हुने सम्भावना छ। सको प्रभावले राज्यका लगभग सबै जिल्लाहरूमा पानी पर्नसक्छ। मौसम विभागले चेताउनी दिएको छ, समुद्र उर्लिनेछ र 50-60 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। सुरक्षाको दृष्टिले मछुआराहरूलाई समुद्रमा जानदेखि रोक लगाइएको छ।
यस मनसुन सिजनमा निम्न दबावको मामिलाले पछिल्लो सबै रेकर्डलाई पछि पारेको छ। बितेको 43 दिनभित्रमा 13 पटक निम्न दबाव उत्पन्न हुने स्थिति निर्माण भइसकेको छ। गए सोमवार राती दक्षिम बंगालका अधिकांश जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा भयो भने कतिपय ठाउँमा प्रतिमिनट 12-14 पटक वज्रपात भयो।
मंगलवार कोलकाता, हावड़ा, हुगली, नदिया, उत्तर 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर एवं झाड़ग्राम सहित दक्षिण बंगालका लगभग सबै जि्लाहरूमा मेघ गर्जनसितै घना वर्षा हुने पूर्वानुमान लगाइएको छ। सबैभन्दा अधिक वर्षा दक्षिण 24 परगना जिल्लामा हुने सम्भावना छ जहाँ ‘अति भारी वर्षा’ हुने चेताउनी जारी गरिएको छ। बुधवारसम्म यस्तै स्थिति रहनेछ जबकि बिहीवार बिहानपछि निम्न दबाव पश्चिममा झारखण्ड तर्फ अगाड़ि बढ़्नेछ जसबाट वर्षामा कमी आउनेछ।
यता उत्तर बंगालको कुनै पनि जिल्लामा अहिलेघरि घना वर्षा हुने सम्भावना छैन। तथापि जलपाईगुड़ी, अलिपुरद्वार एवं मालदहका कुनै-कुनै ठाउँमा घना वर्षा हुनसक्छ। अन्य जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा तथा मेघ गर्जन हुने सम्भावना देखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा