नोकरी दिलाउने प्रलोभन दिएर युवकबाट 9 लाखको ठगी
नोकरी दिलाउने प्रलोभन दिएर युवकबाट 9 लाखको ठगी


मीरजापुर, 02 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा मीरजापुर जिल्लाको ड्रमंडगंज थाना क्षेत्रमा नोकरी दिलाउने नाममा 9 लाख रूपियाँको ठगीको मामिला प्रकाशमा आएको छ। पीड़ितको शिकायतमा पुलिसले मंगलवार आरोपी विरूद्ध मामिला दर्ता गरी खोज शुरू गरेको छ।

ड्रमंडगंज थानाध्यक्ष ब्रह्मदीन पाण्डेयले बताए, सेमरा कलां गाउँ निवासी दिनेश कुमारले आरोप लगाएका छन् कि 10 मई 2022 मा उनी रतेह चौरस्तामा आफ्नो साथीहरूको साथ नोकरीलाई लिएर कुरा गरिरहेका थिए। तब त्यहाँ उपस्थित अश्वनी कुमार निवासी महेवा, हरिहरपुर बेदौली थाना पड़री हाम्रो कुराकानी सुनेर नजिक आयो र नोकरी दिलाउने भरोसा दियो। नोकरी पाउने चाहनामा युवकले धेरै पल्टमा नगदी र अनलाइन लेन-देन गरी कूल 9 लाख रूपियाँ दियो तर नोकरी पाइएन। जब पीड़ितले आफ्नो पैसा फिर्ता माग्यो तब आरोपी अश्वनीले कुरा टार्नु शुरू गऱ्यो। अब उसले पैसा फिर्ता नगर्ने भनिरहेको छ।

थानाध्यक्षले बताए, पीड़ितको शिकायतको आधारमा आरोपी अश्वनी कुमार विरूद्ध मामिला दर्ता गरी मामिलाको जाँच गरिँदैछ। जाँचको आधारमा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande