टेलिफोन टावरबाट झरेर श्रमिकको मृत्यु
टेलिफोन टावरबाट झरेर श्रमिकको मृत्यु


जलपाईगुड़ी, 2 सेप्टेम्बर (हि.स)। जिल्ला अधिनस्थ चालसामा टेलिफोन टावरमा काम गरिरहेका एकजना श्रमिकको झरेर मृत्यु भएको छ। यो घटना मंगलवार चालसा स्कूलपाड़ा मोड़स्थित टेलिफोन एक्सचेञ्ज कार्यालयमा भएको हो। मृतक श्रमिकको नाम रफिकुल इस्लाम (33) रहेको बताइएको छ। घटनाको खबर फैलिनसाथ सम्पूर्ण चालसा क्षेत्रमा खैलाबैला मच्चियो।

प्राप्त जानकारी अनुसार मुर्शिदाबादबाट श्रमिकहरूको एक समूह चालसा टेलिफोन एक्सचेञ्ज कार्यालयको टावर मरमम्मत गर्न आएको थियो। बिहान रफिकुल टावरमा काम गर्नको लागि चढ़े। तर अचानक तिनी टावरबाट तल झरे। हतार-हतार तिनलाई गम्भीर अवस्थामा चालसाको मंगलबाड़ी ग्रामीण अस्पतालमा लगियो जहाँ तिनको मृत्यु भयो। पछि सूचना पाएर मेटेली थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई जलपाईगुड़ी सदर अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande