कोलकातामा सेनाको वाहनलाई समातेर थानामा लगियो, एक दिनपूर्व सेनाले खोलाएको थियो तृणमूलको मञ्च
कोलकातामा सेनाको वाहनलाई समातेर थानामा लगियो, एक दिनपूर्व सेनाले खोलाएको थियो तृणमूलको मञ्च


कोलकाता, 02 सेप्टेम्बर (हि.स.)। कोलकाताको मेयो रोडमा सेनाले तृणमूल कंग्रेसको मञ्चलाई हटाइदिएको एक दिनपछि कोलकातामा सेना र पुलिस आमने-सामने भएको छ। मंगलवार बिहान बीबीडी बाग नजिक कोलकाता पुलिसले कथित रूपमा खतरनाक ढंगमा वाहन चलाएको आरोपमा सेनाको एउटा ट्रकलाई रोकेर हिरासतमा लियो अनि हेयर स्ट्रीट थानामा लिएर गयो।

पुलिस सूत्र मुताविक यो सैन्य ट्रक फोर्ट विलियमदेखि आयकर भवन तर्फ गइरहेको थियो। सोही समय कोलकाता पुलिस आयुक्त मनोज वर्माको लावा लस्कर पनि गुज्रिरहेको थियो। पुलिसको भनाइ छ, ट्रकलाई अत्यन्त लापरवाही तथा खतरनाक ढंगमा चलाइरहेको थियो जसबाट सुरक्षालाई खतरा हुनसक्थ्यो।

तथापि सेनाको पक्षबाट भनिएको छ, ट्रक सामान्य गतिमा गुड़िरहेको थियो र समस्या यसकारणले भएको थियो, किनभनने पछिबाट आइरहेका वाहनहरूको गति तीव्र थियो। सेनाको सूत्रले बतायो, ट्रकमा सवार दुईजना अधिकारीहरू फोर्ट विलियमदेखि पासपोर्ट कार्यालय तर्फ गइरहेका थिए।

घटनाको बारेमा सैन्य अधिकारीहरूलाई सूचित गरिएको छ। हाल ट्रकलाई हेयर स्ट्रीट थानामा राखिएको छ। मामिलाको जाँच गरिँदैछ। यो विवाद यस्तो समयमा भएको छ जतिबेला एक दिनपूर्व सेनाले मेयो रोडमा तृणमूल कंग्रेसको ‘भाषा आन्दोलन’ मञ्चलाई हटाइदिएको थियो जसलाई लिएर पहिलाबाटै राजनीतिक बबाल मच्चिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande