प्रधानमन्त्रीले बिहार राज्य जीविका निधि साख सहकारी संघ लिमिटेडको शुभारम्भ गरे
मोदी


नयाँ दिल्ली, 02 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार भीडियो कन्फ्रेन्सिङको माध्यमले बिहार राज्य जीविका निधि साख सहकारी संघ लिमिटेडको शुभारम्भ गरे। प्रधानमन्त्रीले संस्थाको ब्याङ्क खातामा 105 करोड़ रूपियाँ पनि हस्तान्तरित गरे।

यस अवसरमा पटनामा आयोजित कार्यक्रममा मुख्यमन्त्री नीतीश कुमार, उपमुख्यमन्त्री सम्राट चौधरी र विजय कुमार सिन्हा उपस्थित थिए। पूरा बिहारबाट लगभग 20 लाख महिलाहरू यस कार्यक्रमको साक्षी बने।

जीविका निधिको स्थापनाको उद्देश्य जीविकासित जोड़िएका सामुदायिक सदस्यहरूलाई सस्तो ब्याज दरहरूमा सजिलै धन उपलब्ध गराउनु हो। जीविकाका सबै पंजीकृत क्लस्टर-स्तरीय फेडरेशन यस संस्थाको सदस्य बन्नेछन्। संस्थाको संचालनको निम्ति बिहार सरकारको साथ केन्द्र सरकारले पनि धनराशिको योगदान गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande