सुकमामा नक्सलीरूले दुई ग्रामीणको हत्या गरे
सुकमामा नक्सलीरूले दुई ग्रामीणको हत्या गरे


सुकमा, 02 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को नक्सल प्रभावित जिल्ला सुकमाको केरलापालको ग्राम सिरसेटीको नन्दापारामा दुई ग्रामीणहरूको नक्सलीहरूले खबरीको आरोप लगाउँदै हत्या गरिदिए। साथै दुई ग्रामीणको साथ कुटपिट गरिएको छ। उनीहरूको अवस्था गम्भीर बताइएको छ।

सुकमा एसडीओपी परमेश्वर तिलकवारले मंगलवार घटनाको पुष्टि गर्दै बताए, सोमवार राति 11 बजी ग्राम सिरसेटीको नन्दापारमा भारी संख्यामा नक्सलीहरू पुगे। नक्सलीहरूले राति गाउँका दुई ग्रामीण पदाम पोजा र पदाम देवेन्द्रको हत्या गरे औं दुई ग्रामीणहरूलाई कुटे। घाइते ग्रामीणहरूलाई गाउँबाट ल्याउने तयारी चलिरहेको छ। यस क्षेत्रमा सड़क नरहेको कारण यी ग्रामीणहरूलाई अहिलेसम्म केरलापाल ल्याइएको छैन।

सुकमा जिल्ला पुलिस अधीक्षक किरण चौहानले बताए, घटनाको जानकारी ग्रामीणहरूबाट प्राप्त भएको छ। जाँचको निम्ति घटनास्तलमा टीम पठाइएको छ।

बस्तर पुलिस अनुसार, साल 20025 मा अहिलेसम्म माओवादी हिंसामा कूल 32 जनाको ज्यान गइसकेको छ। यस वर्ष अहिलेसम्म नौ शिक्षादूतहरूको खबरीको आरोपमा नक्सलीहरूद्वारा हत्या गरिएको छ। यसमा सुकमा जिल्लाको अर्जुन डोडी, कवासी सुक्का र राम-लक्ष्मण बादसे तथा बीजापुर जिल्लाका विनोद मनडे, सुरेश मेट्टा, अशोक मुचाकी, बामन राम कश्यप, कुंजाम भीमा तथा लालू ताती सामेल छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande