राष्ट्रपति द्रौपदी मुर्मू आज चेन्नईमा, सुरक्षाको सख्त व्यवस्था
मुर्मू


चेन्नई, 02 सेप्टेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू मंगलवार चेन्नई पुगिरहेकी छन्। उनी यहाँ सिटी यूनियन ब्याङ्कको 120औं स्थापना दिवस समारोहको मुख्य अतिथि हुनेछिन्। यस अवसरमा उनले ब्याङ्किङ क्षेत्रका उपलब्धीहरू र सम्भावनाहरूमाथि विचार राख्नेछिन्।

राष्ट्रपतिको निर्धारित कार्यक्रम अनुसार, भारतीय वायु सेनाको विशेष विमानमा बिहान 11.40 बजी उनी मैसूरदेखि चेन्नई ओल्ड एयरपोर्टमा उर्लिनेछिन्। हवाई अड्डाबाट उनी कारमा नन्दम्बक्कम स्थित ट्रेड सेन्टर जानेछिन्, जहाँ एक समारोहमा भाग लिनेछिन्।

कार्यक्रमपछि उनी रात्रि विश्रामको निम्ति राजभवन जानेछिन्। उनको दौड़ाहको मध्यनजर व्यापक सुरक्षा व्यवस्था गरिएको छ।

कर्नाटक र तमिलनाडूको आफ्नो तीन दिवसीय दौड़ाहको अन्तिम दिन 03 सेप्टेम्बरमा उन तिरूवरूर जानेछिन्। यहाँ उनी सेन्ट्रल यूनिवर्सिटी अफ तमिलनाडूको 10औं दीक्षान्त समारोहलाई सम्बोधित गरी छात्रहरूलाई डिग्रीहरू प्रदान गर्नेछिन्।

राष्ट्रपति द्रौपदी मुर्मू सोमवारदेखि तीन दिवसीय दौड़ाहमा छिन्। यसको शुरूआत गर्दै 01 सेप्टेम्बरमा कर्नाटकको मैसूरमा अल इण्डिया इन्स्टीट्यूट अफ स्पीच एण्ड हियरिङको हीरक जयन्ती (60औं वर्षगाठ) समारोहमा सामेल भइन्। यो संस्थानले देशमा वाक्-श्रवण सम्बन्धी अनुसंधान एवं उपचारको क्षेत्रमा अहम भूमिका निभाइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande