इतिहासको पानामा 03 सेप्टेम्बरः द्वितीय विश्वयुद्धमा भारतको अप्रत्यक्ष भागीदारी
इतिहासको पानामा 03 सेप्टेम्बरः द्वितीय विश्वयुद्धमा भारतको अप्रत्यक्ष भागीदारी


नयाँ दिल्ली, 02 सेप्टेम्बर (हि.स.)। इतिहासको पानामा 03 सेप्टेम्बर धेरै महत्वपूर्ण दिन मानिन्छ। आजकै दिन 1939 मा ब्रिटेनले जर्मनी विरूद्ध युद्दको घोषणा गऱ्यो, जसबाट द्वितीय विश्वयुद्धको शुरूआत भयो। त्यस समय भारत ब्रिटिश शासनको अधीन थियो, यसैले भारतलाई पनि स्वतः युद्धको हिस्सा घोषित गरियो।

यस फसेलाले भारतीय नेताहरूलाई झकझाएर राख्यो किनभने यो निर्णय भारतीय जनता या उसका प्रतिनिधिहरूको सहमति बिना लिइएको थियो। महात्मा गान्धी, जवाहरलाल नेहरू र सुभाषचन्द्र बोस जस्ता नेताहरूले यसको घोर विरोध घरे। कांग्रेसले यदि भारतलाई युद्धमा सामेल गरिँदैछ भने, यसको सट्टामा स्वराज (पूर्ण स्वतन्त्रता) दिइने माग राख्यो।

ब्रिटेनले अस्वीकार गरेपछि कांग्रेस मन्त्रालयले धेरै प्रान्तहरूमा राजीनामा दियो। यही घटनाले भारतको स्वतन्त्रता आन्दोलनलाई थप गति दियो र आउने वर्षहरूमा भारत छोड़ो आन्दोलन जस्ता ऐतिहासिक संघर्षहरूको मार्ग प्रशस्त गऱ्यो।

अन्य अहम घटनाहरूः

1783 - पेरिसको सन्धिमा हस्ताक्षर भयो, जसबाट अमेरिकी क्रान्ति समाप्त भयो र संयुक्त राज्य अमेरिकालाई एक स्वतन्त्र राष्ट्रको रूपमा औपचारिक मान्यता प्राप्त भयो।

1833 – अमेरिकामा पहिलो सफल समाचार पत्र ‘न्यूयार्क सन’ बेंन्जामिन एच डेद्वारा शुरू गरिएको थियो।

1928 - सर अलेक्जेन्डर फ्लेमिंगले पेनिसिलिनको खोज गरे, जसले आधुनिक चिकित्साको क्षेत्रमा क्रान्ति ल्यायो।

1939 - जर्मनीद्वारा पोल्याण्डमाथि आक्रमणको दुई दिनपछि ब्रिटेन र फ्रान्सले जर्मनी विरूद्ध युद्धको घोषणा गरे, जसबाट द्वितीय विश्व युद्धको शुरुआत भयो।

1943 – दोस्रो विश्व युद्धमा मित्र राष्ट्रहरूले इटलीमाथि हमला गरे।

1971 - कतर स्वतन्त्र राष्ट्र बन्यो।

1984- दक्षिण फिलिपीन्समा आएको एक भयानक तूफानको कारण लगभग 1300 मानिस मारिए र सैकड़ौं घाइते भए।

1998 – न्यूयार्कदेखि जेनेवा गइरहेको स्विस एयरको विमान नोवा स्कोटिया निकट समुद्रमा झऱ्यो।

2003 - पाकिस्तान सरकारद्वारा पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोमाथि देशद्रोहको मामिला चलाउने निर्णय।

2004 - रूसी सैनिकहरूले उत्तरी ओसेशियामा एक स्कूलमा बन्धक बनाइएका मानिसहरूलाई मुक्त गराए तर यस घटनामा 300 भन्दा अधिक मानिसको ज्यान गयो।

2006 - यूरोपको पहिलो त्रिवर्षीय चन्द्र मिशन समाप्त।

-भारतीय मूलका भरत जगदेवले गुयानाको राष्ट्रपतिको रूपमा शपथ लिए।

2007 - चीनको झिंगजियांग प्रान्तमा चीनी र जर्मन विशेषज्ञहरूले लगभग 16 करोड़ साल पुरानो जीवको 17 दाँत खोजेको दाबी गरे।

2007 - बांग्लादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया र उनका कान्छा छोरा अराफात रहमान कोकोलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरियो।

2008 - राजेन्द्र कुमार पचौरीलाई संयुक्त राष्ट्रको संस्था जलवायु परिवर्तनको अन्तर सरकारी पैनल (आईपीसीसी) को पुनः प्रमुख चुनियो।

2009 - आन्ध्र प्रदेशका मुख्यमन्त्री वाई. एस. रेड्डीको हेलीकाप्टर दुर्घटनामा मृत्यु।

2014 - भारत र पाकिस्तानमा अचानक आएको बाढ़ीको कारण दुई सयभन्द अधिक मानिसको मृत्यु।

जन्मः

1617 - रोशन आरा बेगम - मुमताज़ महल (नूरजहाँ) की छोरी।

1905 - कमलापति त्रिपाठी - भारतीय राजनीतिज्ञ, लेखक, पत्रकार र स्वतन्त्रता सेनानी थिए।

1923 - पण्डित किशन महाराज - प्रसिद्ध भारतीय तबला वादक।

1926 - उत्तम कुमार - भारतीय सिनेमामा हिन्दी र बांग्ला फ़िल्महरूका प्रसिद्ध अभिनेता।

1931 - सी.पी. ठाकुर - प्रख्यात चिकित्सक, पूर्व केन्द्रीय मन्त्री।

1940 - प्यारेलाल - हिन्दी सिनेमाका प्रसिद्ध संगीतकार जोड़ी लक्ष्मीकान्त-प्यारेलालमध्ये एक।

1957 - जग्गी वासुदेव - विश्व प्रसिद्ध रहस्यवादी र भारतीय मूलका योगी हुन्।

1971 - किरण देसाई - भारतीय मूलकी अंग्रेज़ी उपन्यासकार हुन्।

1974 - राहुल साघवी- भारतीय क्रिकेट खेलाड़ी।

1976 - विवेक ओबेरोय- भारतीय अभिनेता।

1992 - साक्षी मलिक - भारतकी प्रसिद्ध महिला पहलवान।

निधनः

1658 - मुगल सम्राट शाहजहांको मृत्यु।

2009 - वाई.एस. रेड्डी - आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री।

महत्वपूर्ण दिवस र अवसरः

राष्ट्रिय पोषाहार दिवस (सप्ताह)

ब्रिटेनबाट कतरको आजादी

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande