- श्यामकानु महन्तऔर सिद्धार्थ सरमाविरूद्ध सबै एफआईआर एकीकृत जाँचको लागि स्थानान्तरित
गुवाहाटी, 20 सेप्टेम्बर (हि.स.)। असमका लोकप्रिय पार्श्व गायक जुबिन गर्गको सिंगापुरमा भएको दुर्भाग्यपूर्ण एवं असामयिक निधनको मामिलामा श्यामकानु महन्त र सिद्धार्थ सरमाविरूद्ध केही एपआईआर दर्ता गरिएको छ। मैले असम पुलिसका डीजीपीलाई सबै एफआईआरलाई सीआईडीलाई स्थानान्तरण गर्ने अनि गहन जाँचको लागि एउटा संयुक्त मामिला दर्ता गर्ने निर्देश दिएको छु। उक्त भनाइ असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको हो।
असमका लोकप्रिय पार्श्व गायक ज़ुबिन गर्गको सिंगापुरमा दुःखदायी निदन भएपछि एउटा ठूलो घटनाक्रममा नर्थ-ईस्ट फेस्टिभलका मुख्य आयोजक श्यामकानु महन्त र गायकका प्रबन्धक सिद्धार्त सरमाविरूद्ध केही एफआईआर दर्ता गरिएको छ। राज्यका विभिन्न पुलिस थानाहरूमा दर्ता एफआईआरलाई अब संयुक्त जाँचको लागि आपराधिक जाँच विभाग (सीआईडी)-लाई स्थानान्तरित गर्ने आदेश दिइएको छ।
यो घटना असममा व्याप्त शोक अनि आक्रोशबीच भएको छ। जुबिन एकजना संंगीत जगतका प्रतीक मात्र थिएनन् जबकि मानिसहरूको आवाज पनि थिए। सिंगापुरमा एक नौका यात्रा अवधि उनको अचानक भएको मृत्युले यस त्रासदीका कारणहरूमाथि गम्भीर प्रश्न उठाएको छ।
यसपूर्व महन्तले भनेका थिए, जुबिन स्थानीय असमिया समुदायका सदस्यहरूसित नौका यात्रामा गएका थिए साथै दाबी गरेका थिए, महोत्सवका आयोजकहरूलाई यस यात्राको पहिला कुनै जानकारी थिएन।
यस्तो खुलासापछि आक्रोश बढ़्यो अनि कतिपय मानिहरूले जुबिनको सुरक्षाको लागि जिम्मेवार मानिसहरूसित जवाफदाहीको माग गरे। त्यसपछि सोशल मीडियामा न्यायको अपीलको बा़ढ़ी नै आएको छ। प्रशंसक तथा शुभचिन्तकहरूले महन्त र सरमालाई नैतिक रूपमा जिम्मेवार ठहराइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा