आदि कर्मयोगी अभियानलाई लिएर केन्द्रिय अधिकारीसॅंग बैठक
आदि कर्मयोगी अभियानलाई लिएर केन्द्रिय अधिकारीसॅंग बैठक


नाम्ची, 20 सेप्टेम्बर (हि.स.)। नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङले आज जिल्ला प्रशासनिक केन्द्रमा केन्द्रिय जनजाति मामिला मन्त्रालयका उपसचिव एवं सिक्किमको लागि आदि कर्मयोगी अभियानका जिल्ला प्रभारी रमेशचन्द चन्द्रवालसॅंग अन्तरक्रिया गरिन्। बैठकमा आदि कर्मयोगी अभियान अन्तर्गत पहलहरू र भावी योजनाहरूमाथि छलफल भएको बताइएको छ।

उपसचिव चन्द्रवालले यस अभियानको उद्देश्यमाथि प्रकाश पार्दै प्रभावी कार्यान्वयन र राम्रो परिणाम सुनिश्चित गर्न यस अभियानमा बीडीओहरूलाई संलग्न गर्नुपर्ने महत्वमाथि जोड दिए। उनले जिल्लामा प्रभावी कार्यान्वयनको लागि योजनामाथि चर्चा पनि गरे।

जिल्लापाल तामलिङले आफ्नो अन्तरदृष्टि साझा गर्दै अभियानप्रति सकारात्मक समर्थनको आश्वासन दिइन्। बैठकमा एडीसी तिरसाङ तामाङ, एसडीएम निम पिन्चो भोटिया, एसडीएम सरण कालिकोटे र सामाजिक कल्याण अधिकारी सोनाम डाडुल भोटिया पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande