जलपाईगुड़ी, 20 सेप्टेम्बर (हि.स)। दशौं कक्षाकी छात्राको आपत्तिजनक तस्वीर भाइरल गरेको आरोप उसको प्रेमीमाथि लागेको छ। घटनाबाट आघातित छात्राले आत्महत्या गरेकी छे। जलपाईगुड़ीको गोरलबाड़ी क्षेत्रमा शनिवार यस्तो घटना सामु आएपछि व्यापक खैलाबैला भयो। पुलिस सूत्रानुसार नाबालिकको छिमेककैै गाउँको छात्रसित प्रेम सम्बन्ध थियो। यसैको फाइदा उठाएर छात्रले नाबालिकको आपत्तिजनक तस्वीरहरूलाई आफ्नो मोबाइलमा कैद गऱ्यो अनि पछि ती तस्वीरहरूलाई सोशल मीडियामा भाइरल गरिदियो। आरोप छ, छात्रको काकाले पनि उसलाई यस्तो कुकृत्य गर्नमा सहयोग गरेको थियो। मामिला प्रकाशमा आएपछि नाबालिकले गए शुक्रवार राती फाँसी लगाएर आत्महत्या गरी। छात्राको परिवारले आरोप लगाएको छ, अपमानित भएपछि उसले आत्महत्या गरेको हो। घटनापछि आरोपी छात्र र उसको काकाविरूद्ध कोतवाली थानामा सिकायत दर्ता गराइयो। सिकायतको आधारमा पुलिसले आरोपी छात्र र उसको काकालाई पक्राउ गरेको छ। कोतवाली थाना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा