प्रेम प्रस्तावलाई ठोकराएकै कारण दशौंकी छात्राको हत्या, आरोपी पक्राउ
प्रेम प्रस्तावलाई ठोकराएकै कारण दशौंकी छात्राको हत्या, आरोपी पक्राउ


नदिया, 20 सेप्टेम्बर (हि.स.)। नदिया जिल्लाको ताहेरपुरमा दशौं कक्षाकी एकजना छात्राको हत्या भएको घटनाले सम्पूर्ण क्षेत्रमा खैलाबैला मचिएको छ। आरोप छ, प्रेम प्रस्ताव ठोकराएको कारणले एकजना युवकले छात्राको हत्या गरिदियो। पुलिसले आरोपीलाई पक्राउ गरेको छ। शनिवार छात्राको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

मामिला गए शुक्रवार साँझको हो। छात्रा घरबाट यसो भनेर हिंड़ेकी थिई, उ मामाको घरमा गइरहेकी छे। तर अबेर रातीसम्म पनि नफर्केको कारणले परिवारले शंकाको आधारमा नजिकैको एकजना युवकको घरमा खोजतलास गऱ्यो र उसको गतिविधिमाथि शंका लागेपछि पुलिसलाई सूचित गरियो।

राती लगभग एक बजे छात्रालाई अचेत अवस्थामा घरदेखि केही टाड़ा एक परित्यक्त गोठमा भेटियो। अस्पताल पुऱ्याउँदा डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।

परिवारको आरोप छ, हत्यापूर्व छात्राको यौन शोषण गरियो। पुलिस सूऊ अनुरा आरोपीले पहिलाबाटै छात्रालाई सताइरहेको थियो र दुई परिवारबीच यस विषयमा विवाद पनि भइसकेको थियो। बारम्बार प्रेम प्रस्ताव ठोकराएको कारणले उसले यो कदम उठाएको हो।

स्थानीय मानिसहरूको भनाइ छ, पहिला छात्रा र आरोपीबीच घनिष्ठ सम्बन्ध थियो, तर हालमा छात्रा उदेखि टाँड़िएकी थिई। यसलाई लिएर विवाद बढ़ेको थियो। शुक्रवार साँझ बिजुली नभएको फाइदा उठाएर आरोपीले छात्रालाई पछ्याउँद सुनसान स्थानमा लग्यो अनि त्यहाँ उसको हत्या गरिदियो।

रानाघाट पुलिस जिल्लाका एसपी आशिष कुमार मौर्यले बताए, “एकजना आरोपीलाई पक्राउ गरिएको छ। सिकायतको आधारमा जाँच भइरहेको छ। चाँड़ै नै हत्याको वास्तविक कारण प्रकाशमा आउनेछ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande