दुर्गा पूजा अवधि आईबीको परीक्षा तय गरेकोमा तृणमूलले केन्द्रलाई लक्षित गऱ्यो
दुर्गा पूजा अवधि आईबीको परीक्षा तय गरेकोमा तृणमूलले केन्द्रलाई लक्षित गऱ्यो


कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजाका तयारीहरूबीच केन्द्र सरकारले आगामी 29 र 30 सेप्टेम्बरमा इन्टेलिजेन्स ब्यूरो (आईबी)-को सिक्योरिटी असिस्टेन्ट पदको लागि परीक्षा तय गरेको छ। यस भर्ती प्रक्रियामा देशभरिका 37 वटा क्षेत्रहरूबाट 4987 वटा पद सामेल छन्। यस निर्णयलाई लिएर पश्चिम बंगालमा राजनीतिक विवाद शुरू भएको छ। राज्यको सत्तासिन तृणमूल कंग्रेस (टीएमसी)-ले भारतीय जनता पार्टी (भाजपा) सरकारमाथि “बंगाल र बंगाली विरोधी मानसिकता”- को आरोप लगाउँद परीक्षाको मितिलाई तुरून्त परिवर्तन गर्ने माग गरेको छ।

टीएमसीका राज्य महासचिव कुणाल घोषले भने, “यो बंगाल र बंगालीहरूको अपमान हो। जसरी महाराष्ट्रमा गणेश पूजा वा उत्तर भारतमा दीपावली वा छठको दिन कुनै परीक्षा आयोजना हुँदैन भने दुर्गा पूजाको सप्तमी र अष्टमीमा परीक्षा किन राखियो? भाजपा नेताहरूले एकातिर दुर्गा पूजाको महिमा गाउँछन् भने अर्कोतिर बंगालका युवाहरूसित अन्याय गरिरहेका छन्। यो दोहोरो राजनीति हो। हामी यसको कड़ा निन्दा गर्दै तत्काल परीक्षाको मितिलाई परिवर्तन गर्ने माग गर्दछौं।”

स्मरण गराइन्छ, केन्द्रिय गृह मन्त्रालय अधिनस्थ आईबीले पहिलो चरणको परीक्षाको तारिक घोषणा गर्दै स्पष्ट पारेको छ, यो परीक्षा दुर्गा पूजाको समयमा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande