प्रतिबन्धित कफ सिरफको साथ युवक पक्राउ
प्रतिबन्धित कफ सिरफको साथ युवक पक्राउ


सिलगढ़ी, 20 सेप्टेम्बर (हि.स.)। प्रधान नगर थाना पुलिसले प्रचुर मात्रामा प्रतिबन्धित कफ सिरफको साथ एक युवकलाई पक्राउ गरेको छ। पक्रा परेको युवकको पहिचान सिलगढ़ीको माटीगढ़ाको बालासन कोलोनी निवासी राजा कामतीको रूपमा गरिएको छ।

पुलिस सूत्रहरू अनुसार, शुक्रवार अबेर राति प्रधान नगर थाना पुलिसलाई एक युवक सिलगढ़ी जंक्शन एनबीएसटीसी तेन्जिङ नोर्गे बस स्ट्याण्ड निकट संदिग्ध अवस्थामा घूमिरहेको, उसित एउटा ब्याग पनि रहेको गुप्त सूचना प्राप्त भयो। सूचना पाउनसाथ थाना प्रभारी बासुदेव सरकारको नेतृत्वमा अभियान चलाएर युवकलाई समातियो। जब युवकको ब्यागको तलाशी लिइयो, त्यसबाट प्रचुर मात्रामा प्रतिबन्धित कफ सिरफका बोतलहरू जफत गरियो। जसपछि युवकलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी पक्राउ गरियो। पुलिसले अब यो जाँच गरिरहेको छ कि युवकले प्रतिबन्धित कफ सिरफको बोतल कहाँबाट ल्याएर, कसलाई दिन गइऱहेको थियो। प्रधान नगर थाना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande