पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू
पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू


पाकिम, 20 सेप्टेम्बर (हि.स.)। पाकिम जिल्लाको कार्थोक रेन्जमा आजदेखि परम्परागत आर्चेरी (ब्याम्बू/रिकर्व) टुर्नामेन्ट शुरू भएको छ। राज्यस्तरीय खेलकुद गतिविधिको एक भागको रूपमा आयोजित यस प्रतियोगिताको उद्घाटन पाकिमका महकुमा अधिकारी डाकमान सुब्बाले गरे।

खेलकुद एवं युवा मामिला विभाग, पाकिम जिल्लाद्वारा आयोजित प्रतियोगिताको समापन 5 अक्टोबर, 2025 मा हुनेछ। उद्घाटन समारोहमा पञ्चायत सदस्या सरिता छेत्री, एसडीएम थेन्डुप लेप्चा र पूर्व सल्लाहकार इन्चुङ भोटिया विशिष्ट अतिथि थिए।

खेलकुद एवं युवा मामिला विभागका संयुक्त निदेशक जिग्मी योजर लेप्चाले राज्य स्थापनाको 50औं वर्षको शुभ अवसरमा विभागलाई राज्यव्यापी रूपमा खेलकुद गतिविधिहरू आयोजन गर्न जिम्मेवारी सुम्पिएको बताए। उनले पाकिम जिल्लालाई परम्परागत आर्चेरी टुर्नामेन्ट आयोजन गर्ने जिम्मेवारी दिइएको बताए। उनले आर्चेरीको सिक्किमको संस्कृति र इतिहासमा गहिरो सम्बन्ध रहेको बताउॅंदै राज्य सम्पदाको संरक्षण र प्रवर्द्धनको महत्त्वलाई जोड दिए।

यस नकआउट टुर्नामेन्टको शुभारम्भ आज कार्थोक/पाकिम र ताथङ्चेनबीच टुर्नामेन्टका साथ भयो, जसमा कार्थोक/पाकिम 48-20 ले विजयी रह्यो। यस टुर्नामेन्टमा राज्यभरिबाट कूल 12 दलले भाग लिइरहेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande