नयाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। कांग्रेसका पूर्व अध्यक्ष एवं लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धीले पञ्जाबमा बाढ़ी पीड़ितहरूको पुनर्वासको निम्ति केन्द्र सरकारको 16 सय करोड़ रूपियाँको प्रारम्भिक राहत प्याकेजलाई अपर्याप्त बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीसित राज्यको निम्ति व्यापक प्याकेजको घोषणा गर्ने अपील गरेका छन्।
राहुल गान्धीले सोमवार एक्समा 10 मिनट 52 सेकेन्डको डक्यूमेन्ट्री पोस्ट गरे। यसमा उनी पञ्जाबमा स्थानीय कांग्रेस नेताहरूको साथ बाढ़ी प्रभावित क्षेत्रहरूको दौड़ाह गरी मानिसहरूको समस्याहरू सुनिरहेको नजर आइऱहेका छन्। भीडियोमा उनको साथ पञ्जाबका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चिन्नी पनि छन्। राहुलले भने, प़ञ्जाबमा बाढ़ीले 20 हजार करोड़को नोकसान भएको छ र सरकारले प्रारम्भिक राहत प्याकेजको रूपमा केवल 16 सय करोड़ रूपियाँ जारी गरेको छ, जुन पञ्जाबवासीहरूको साथ अन्याय हो। उनले यस भीषण बाढ़ीमा डटिरहनका लागि राज्यवासीहरूको सराहना गरेका छन्।
उनले भने, बाढ़ीमा लाखौं घर ध्वस्त भयो। 4 लाख एकड़भन्दा अधिक फसल बर्बाद भयो। भारी मात्रामा पशुहरू बगे। तरैपनि राज्यवासीहरूले अद्भुत साहस देखाए। यिनीहरू फेरि उभिनेछन् केवल यिनीहरूलाई सहाराको आवश्यकता छ। उनले प्रधानमन्त्री नरेन्द्र मोदीसित राज्यको पुनर्वासको निम्ति व्यापक प्याकेजको अपील गरे। भीडियोमा उनले राज्यका अलग-अलग बाढ़ी प्रभावित क्षेत्रहरूमा गएर मानिसहरूको समस्याहरू सुनिरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी