नयाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठी सोमवार श्रीलंकाको चार दिवसीय आधिकारिक यात्रामा प्रस्थान भएका छन्। यात्रामा उनले तीनै सेनाहरूका प्रमुखहरू तथा अन्य वरिष्ठ सरकारी अधिकारीहरूको साथ रक्षा सहयोगको व्यापक मुद्दाहरूमाथि द्विपक्षीय चर्चा गर्नेछन्। एडमिरल त्रिपाठीले कोलम्बोमा अन्तरराष्ट्रिय समुद्री सम्मेलनको 12औं संस्करणमा पनि भाग लिनेछन्, जसको विषय यस पाली 'बदलिँदो गतिशीलता अन्तर्गत हिन्द महासागरको समुद्री परिदृश्य' राखिएको छ।
नौसेनाका क्याप्टन विवेक मधवालले बताए, नौसेना प्रमुखले श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरसूर्या र वाइस एडमिरल कंचना बनगोडालाई भेट्नेछन्, जसमा समुद्री सुरक्षा, क्षमता संवर्धन, प्रशिक्षण र सहयोगलाई मजबूत बनाउने अवसरहरूको पहिचानमाथि जोड दिइनेछ। भारतीय नौसेनाले नियमित रूपमा वार्षिक रक्षा वार्ता, स्टाफ वार्ता र अन्य परिचालनात्मक बातचितको माध्यमले श्रीलंकाई नौसेनाको साथ बातचित गर्दछ, जसमा श्रीलंका-भारत नौसेना अभ्यास, जलमार्ग अभ्यास, प्रशिक्षण र हाइड्रोग्राफी आदान-प्रदान सामेल छ।
यस बाहेक दुवै नौसेना नियमित रूपम बहुपक्षीय कार्यक्रमहरू जस्तै हिन्द महासागर नौसेना संगोष्ठी, गैले वार्ता, मिलन, गोवा समुद्री सम्मेलन, संगोष्ठी, कोलम्बो सुरक्षा सम्मेलनमा भाग लिँदछ। श्रीलंकामा नौसेना प्रमुखको बैठकहरू मित्रतालाई मजबूत बनाउने र साझा रणनीतिक र समुद्री हितहरूको प्रमुख क्षेत्रहरूमा राम्रो बुझाईको मार्ग प्रशस्त गर्ने उद्दश्यले आयोजित गरिएको छ, जुन 'महासागर' को दृष्टिकोण अनुरूप छ। उनको यो यात्रा भारत-श्रीलंका सम्बन्धहरूको पुष्टिमा पारस्परिक सम्मान, समुद्री विश्वास र हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरताको लिए एक साझा दृष्टिकोणमाथि आधारित छ।
हिन्दुस्थान समाचार / भवानी थामी