जगदलपुर, 22 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को नारायणपुर जिल्लाको अबूझमाड़ क्षेत्रमा सोमवार बिहान भएको भिड़न्तमा सुरक्षाबलहरूले दुई वर्दीधारी नक्सली मारेको छ। अहिलेसम्म दुई नक्सलीको शव हतियार समेत फेला परेको छ।
सुरक्षाबलहरूले घटनास्थलबाट शवको साथ एके 47 सहित अन्य हतियार तथा भारी मात्रामा विस्फोटक सामग्री, नक्सल साहित्य, प्रचार-प्रसार सामग्री एवं दैनिक उपयोगका वस्तुहरू जफत गरेको छ।
बस्तर रेञ्जका पुलिस महानिरीक्षक (आईजी) सुन्दरराज पीले यसको पुष्टि गर्दै बताए, जिल्ला नारायणपुरको अबूझमाड़, महाराष्ट्र-छत्तीसगढ़ सीमावर्ती क्षेत्रमा नक्सलीहरूको उपस्थितिबारे प्राप्त सूचनाको आधारमा सुरक्षा बलहरूद्वारा खोजी अभियान शुरू गरियो। अहिलेसम्मको सर्च अभियानमा भिडडन्त स्थलबाट कूल 2 पुरूष नक्सलीहरूको शव र हतियार जफत गरिएको छ। दुई मारिएका नक्सली क्याडरहरूको पहिचान खोलाउने प्रयास जारी छ।
उनले भने, भिड़न्त स्थलबाट एके-47 राइफल सहित अन्य हतियार तथा प्रचुर मात्रामा विस्फोटक सामग्री, नक्सल साहित्य, प्रचार-प्रसार सामग्री एवं दैनिक उपयोगका वस्तुहरू जफत गरिएको छ। सर्च अभियान अहिले पनि जारी छ। अभियान पूरा भएपछि विस्तृत विवरण छुट्टै दिइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी