व्हाइट नाइट कोरका जीओसीले पहाड़ी क्षेत्रहरूमा आतङ्कवाद विरोधी अभियानहरूको समीक्षा गरे
व्हाइट नाइट कोरका जीओसीले पहाड़ी क्षेत्रहरूमा आतङ्कवाद विरोधी अभियानहरूको समीक्षा गरे


जम्मू, 22 सेप्टेम्बर (हि.स.)। जम्मू-कश्मीरको उधमपुर, डोडा र किश्तवाड़ जिल्लाका पहाड़ी क्षेत्रहरूमा आतङ्कीहरूको साथ हालमा भएको भिड़न्तपछि आतङ्कवाद विरोधी अभियान चलाइँदैछ। व्हाइट नाइट कोरका जनरल अफिसर कमान्डिङ (जीओसी) लेफ्टिनेन्ट जनरल पीके मिश्राले सोमवार यी अभियानहरूको समीक्षा गरे।

व्हाइट नाइट कोरले कांजी, उधमपुरमा 19-20 सेप्टेम्बरमा राति चलेको अपरेशनमा सर्वोच्च बलिदान दिने लान्स दफादार बलदेव चन्दलाई श्रद्धाञ्जली अर्पित गरेपछि शुक्रवार साझँदेखि सर्च अपरेशन शुरू गरेको छ। यो व्यापक तलाशी अभियान उधमपुर जिल्लाको डुडु-बसंतगढ़लाई डोडा जिल्लाको भद्रवाहसित जोड्ने सेओजधार जंगलमा चलिरहेको छ। अधिकारीहरूले बताए, कोर कमान्डर आज बिहान चलिरहेको अभियानहरूको समीक्षाको निम्ति हेलीकप्टरमा सियोजधार गए। उनको साथ जम्मू-कश्मीरको चिनाब घाटी क्षेत्रमा काउन्टर-इन्सर्जेन्सी फोर्स (सीआईएफ) 'डेल्टा' का जनरल अफिसर कमान्डिङ (जीओसी) मेजर जनरल एपीएस बल पनि थिए।

उनले बताए, सियोजनधार र केशवानका जंगलहरूमा शुरुआती भिड़न्तपछि आतङ्कीहरूसित सम्पर्क हुन सकेको छैन। सेना, पुलिस र सीआरपीएफको संयुक्त दलले ज़मीनमा तलाशी अभियान चलाइरहेको छ। आतङ्कीहरूको पत्तो लगाउन र उनीहरूलाई मार्नमा मद्दतको निम्ति क्षेत्रमा ड्रोन र खोजी कुकुरहरू पनि तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande