इम्फाल, 24 सेप्टेम्बर (हि.स.)। मणिपुर पुलिसले सेनापति जिल्लामा ड्रोन निगरानी अभियान अवधि 13 हेक्टेयर सफा गरिएको वन भूमिमा व्यापक मात्रामा अवैध रूपमा गरिएको अफिम खेतीको खुलासा गरेको छ।
मणिपुर पुलिस मुख्यालयको आधिकारिक सूचना अनुसार वन विभागका अधिकारी तथा स्थानीय ग्राम नेतृत्वको संलग्नतामा गत 23 सेप्टेम्बरमा गरिएको हवाई सर्वेक्षणमा पत्तो लागेको छ, माथिल्लो अनि तल्लो खाबुंग गाउँमा विशेष रूपमा अफिमको खेतीको लागि व्यापक रूपमा वन कटाई गरिएको छ। कतिपय स्थानमा पहिला नै अफिमको खेती गरिसकिएको थियो।
यो अभियान मादक द्रव्य विरोधी प्रवर्तनमा एक महत्वपूर्ण वृद्धिलाई दर्शाउँछ किनभने अधिकारीहरूले अब सुदूरवर्ती वन क्षेत्रहरूमा लुकेर गरिएको अफिम खेतीको बारेमा पत्तो लगाउनका लागि मानव रहित हवाई वाहनहरूलाई तैनाथ गरिरहेका छन्।
खाबुंगको ग्राम प्रधानलाई पुलिसले वर्तमान अफिमको खेतीलाई तुरून्त नष्ट गर्ने अनि क्षेत्रमा भविष्यमा सम्भावित अफिम खेतीलाई रोक्ने आधिकारिक चेताउनी दिएको छ। सफा गरिएको वन भूमि सेनापति पुलिस थानाको अधिकार क्षेत्रभित्र पर्दछ।
मणिपुर अवैध अफिम उत्पादनसित जुझिरहेको छ जहाँका किसानहरूले पक्रा पर्नदेखि बच्नका लागि सुदूरवर्ती वन क्षेत्रहरूलाई लक्षित गर्दै आएका छन्। राज्यका पहाड़ी क्षेत्र तथा घना जंगलले ऐतिहासिक रूपमा कानून प्रवर्तन एजेन्सीहरूलाई निगरानी गर्न कठिन बनाएको छ। पुलिस तथा वन विभागद्वारा संचालित अपरेशन अवधि कसैलाई पनि पक्राउ गरिएको समाचार छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा