असम सरकारले श्यामकानु महन्तसित सम्बन्धित आयोजनहरूमाथि लगायो रोक, वित्तीय सहायता पनि बन्द
असम सरकारले श्यामकानु महन्तसित सम्बन्धित आयोजनहरूमाथि लगायो रोक, वित्तीय सहायता पनि बन्द


- जुबिन गर्ग मृत्युको सीआईडी जाँच जारी

गुवाहाटी, 24 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार घोषणा गरे, राज्य सरकारले श्यामकानु महन्त र तिनीसित सम्बन्धित संगठनहरूलाई राज्यमा कुनै पनि प्रकारको कार्यक्रम वा उत्सव आयोजना गर्नदेखि रोक लगाइदिएको छ। उल्लेखनीय छ, सिंगापुरमा भएको गायक जुबिन गर्गको रहस्यमय मृत्युको मामिलामा श्यामकानु महन्तको नाम चर्चामा छ र उनीविरूद्ध राज्यका अलग-अलग थानामा 60 वटा मुद्दा दर्ता गरिएको छ।

मुख्यमन्त्रीले यो पनि स्पष्ट पारे, महन्त वा उनीसित सम्बन्धित आयोजनहरूलाई अब राज्यको पक्षबाट कुनै पनि प्रकारको वित्तीय सहायता, विज्ञापन वा प्रायोजन दिइनेछैन। यस अतिरिक्त असम सरकारले केन्द्र सरकारसित पनि अपील गर्नेछ कि श्यामकानु महन्त वा उनका संगठनहरूलाई कुनै पनि प्रकारको वित्तीय मद्दत वा प्रायोजन उपलब्ध नगराइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande