मालदह, 24 सेप्टेम्बर (हि.स.)। मालदह जिल्लाको कालियाचकमा परदेशबाट घर फर्केका 35 वर्षीय श्रमिक बाबर शेखको रगताम्मे शव बुधवार फरक्का ब्यारज अधिनस्थ एफ्ल्याक्स बाँधमा भेटियो।
जानकारी अनुसार बाबर शेख छोटा महदीपुर थाना क्षेत्र निवासी थिए। केही दिनअघि मात्र उ बाहिरी राज्यबाट श्रमिकको काम गरेर फर्केको थियो। परिवारको आरोप छ, गए मंगलवार राति बाबरलाई घरबाट बोलाएर लगियो, तर उ घरमा फर्केर आएन। स्थानीय मानिसहरूले वरिपरीका क्षेत्रहरूमा खोजतलास गरे, तर कतै पत्तो लागेन। बुधवार बिहान उसको लाश बाँध नजिक भेटियो।
परिवारको आरोप छ, बाबरको हत्या सोही राति दुई जना युवकहरूले गरेका थिए जसलाई पछि पुलिसले पक्राउ गऱ्यो। प्रारम्भिक अनुमानमा बाबरलाई अन्त कतै मारेर शवलाई बाँध नजिक फालिदिएको थियो।
मालदह पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिस अधिकारीहरूको भनाइ छ, पक्रा पर्ने युवकसित जाँचबुझ गरिएपछि हत्याको सम्पूर्ण कथा खोलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा