गोलाघाट (असम), 24 सेप्टेम्बर (हि.स.)। जन-जनको आवाज जुबिन गर्गलाई मरणोपरान्त भारतको सर्वोच्च नागरिक सम्मान 'भारत रत्न' दिइनुपर्छ। यो माग असम राज्य पत्रकार संघले आज उठाएको हो। यस माग अन्तर्गत बुधवार बोकाखात समजिल्ला प्रशासनको माध्यमबाट देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक स्मारक पत्र पठाइयो।
संघका अध्यक्ष जितु शर्मा राजखोवा र महासचिव प्रदीप चन्द्र डेकाद्वारा हस्ताक्षरित स्मारक पत्रमा भनिएको छ, जुबिनको अन्तिम यात्रामा उर्लिएको भीड़ले विश्वमा चौथो स्थान हासिल गरेको छ। एक जना कलाकारको रूपमा विश्वमा दोस्रो स्थानका कलाकार जुबिन गर्गको अन्त्येष्टिमा एकत्र भएको भीड़ले रेकर्ड बनाएको छ। यस क्षेत्रमा देशभित्रका महान कलाकार पहिलो स्थानमा पर्छन्।
यस अतिरिक्त 40 वटा भाषहरूमा 38 हजारभन्दा अधिक गीतहरू गाएर देशका अन्य दशजना कलाकारहरूमा पहिलो स्थानमा जुबिन गर्ग छन्। त्यसैले यस्ता कलाकारलाई मरणोपरान्त भारत रत्न प्रदान गरिनुपर्छ, यस्तो अपेक्षा गर्दै संगठनले पत्र लेखेको छ। यसको साथै जुबिनको मृत्युको निष्पक्ष रूपमा जाँच गरेर अपराधीहरूलाई उचित सजाय दिने माग पनि स्मारक पत्रमा उल्लेख गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा