मणिपुरः व्यवसायीहरूलाई धम्काएको आरोपमा केसीपी कार्यकर्ता पक्राउ
मणिपुरः व्यवसायीहरूलाई धम्काएको आरोपमा केसीपी कार्यकर्ता पक्राउ


इम्फाल, 24 सेप्टेम्बर (हि.स.)। मणिपुर पुलिसले प्रतिबन्धित कांगलीपाक कम्युनिस्ट पार्टी (केसीपी)- का सदस्यलाई इम्फाल पूर्वी जिल्लामा पसलेहरूलाई धम्काएको अनि सरकारी विकास कार्यक्रममा बाधा दिएको आरोपमा हिरासतमा लिएको छ।

मणिपुर पुलिस मुख्यालयले बुधवार एक आधिकारिक बयानमा बतायो, गए 23 सेप्टेम्बरको दिन इंगो नामले परिचित क्षेत्रीमायुम ब्रजमोहन सिंह (53)-लाई लामलाई पुलिस स्टेशन अन्तर्गत नुंगोई माखा लेईकाईस्थित उसको घरबाट पक्राउ गरियो।

अधिकारीहरूले बताए, सिंह लामलाईले पसल तथा व्यवसायिक प्रतिष्ठानहरूलाई बलफ्ती बन्द गर्न धम्की दिएको तथा सरकारी योजनाहरूमा सक्रिय रूपमा बाधा दिँदै आइरहेको थियो।

यो पक्राउ मणिपुर पुलिसद्वारा क्षेत्रमा आर्थिक विकास तथा विकासात्मक पहलहरूमा बाधा दिने उग्रवादी गतिविधिहरूमाथि लगाम कस्नको लागि भइरहेका प्रयासहरू अन्तर्गत गरिएको हो।

स्थानीय व्यवसायीहरूले कथित रूपमा यी धम्कीहरूलाई लिएर चिन्ता व्यक्त गरेका थिए जसले उनीहरूको दैनिक कार्य तथा आजीविकालाई प्रभावित पारिरहेको थियो। पक्राउ अवधि पुलिसले सिंहबाट एउटा मोबाइल फोन जफत गऱ्यो। आशा छ, यसले डिभाइस प्रतिबन्धित संगठनभित्र उसको नेटवर्क अनि गतिविधिहरूको बारेमा महत्वपूर्ण प्रमाण प्रदान गर्नेछ।

कंगलीपाक कम्युनिस्ट पार्टी भारतीय कानून अन्तर्गत प्रतिबन्धित संगठन हो जसका सदस्यहरूमाथि उग्रवाद तथा राष्ट्र विरोधी गतिविधिहरूसित सम्बन्धित आरोप लागेको छ। लामलाई पुलिस स्टेशनले मामिला दर्ता गरी सिंहको कथित गतिविधि तथा क्षेत्रमा अन्य केसीपी कार्यकर्ताहरूसित हुनसक्ने सम्भावित सम्बन्धको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande