कोलकाता, 24 सेप्टेम्बर (हि.स.)। कोलकातामा दुर्गा पूजाको मौसम शुरू हुनसाथ चौतर्फी उत्सवको वातावारण सृजना भएको छ। यस अवस्थामा भक्त अनि यात्रीहरूको सुविधाको लागि कोलकाता मेट्रोले पछिल्लो वर्ष सरह यस वर्ष पनि विशेष सेवा शुरू गरिरहेको छ। सप्तमी, अष्टमी र नवमीको दिन मेट्रो रातभरि चल्नेछ। गए मंगलवार मेट्रो प्राधिकरणले यसको विस्तृत समय सारणीको घोषणा गर्यो।
ब्लू लाइन अर्थात दक्षिणेश्वरदेखि शहीद खुदीरामसम्म पञ्चमीको दिन बिहान 8बजेदेखि राती 11 बजेसम्म मेट्रो चल्नेछ। षष्ठीको दिन बिहान 9 बजेदेखि राती 11 बजेसम्म सेवा उपलब्ध रहनेछ भने सप्तमी, अष्टमी र नवमीमा अपरान्ह 1 बजेदेखि दोस्रो दिनको बिहान 4 बजेसम्म हरेक 6-7 मिनटमा मेट्रो चल्नेछ। यसरी नै दशमीको दिन अपरान्ह 1 बजेदेखि राती 10 बजेसम्म हरेक 8 मिनटमा मेट्रो उपलब्ध रहनेछ।
यता ग्रीन लाइन अर्थात सेक्टर- V देखि हावड़ा मैदानसम्म पञ्चमीको दिन अप दिशामा बिहान 7:30 बजेदेकि राती 11 बजेसम्म अनि डाउन दिशामा बिहान 7:44 बजेदेखि रात 11:16 बजेसम्म मेट्रो सेवा पाइनेछ। षष्ठीको दिन अपमा बिहान 9 बजेदेखि राती 11:28 बजेसम्म तथा डाउनमा बिहान 9:02 बजेदेखि राती 11:20 बजेसम्म मेट्रो चल्नेछ।
सप्तमी, अष्टमी र नवमीको दिन अपमा अपरान्ह 1:30 बजेदेखि भोलि बिहान 4:06 बजेसम्म अनि डाउनमा अपरान्ह 1:34 बजेदेखि बिहान 4:18 बजेसम्म मेट्रोको सुविधा रहनेछ। दशमीको दिन अप दिशामा ्अपरान्ह 1 बजेदेखि राती 10 बजेसम्म र डाउनमा अपरान्ह 1:32 बजेदेखि राती 10:32 बजेसम्म सेवा जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा