कोलकाता, 24 सेप्टेम्बर (हि.स.)। कोलकातामा गत सोमवार राती लगातार वर्षा तथा जलजमाउ अवधि करेन्टको चपेटमा परी भएको मृत्युपछि मुख्यमन्त्री ममता ब्यानर्जीले मृतक परिवारहरूको लागि सहयोगको घोषणा गरेकी छन्। उनले भनिन्, राज्य सरकारको तर्फबाट प्रत्येक मृतक परिवारलाई दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिनेछ।
मुख्यमन्त्रीले भनिन्, यदि सीईएससीले मृतक परिवारहरूलाई नोकरी दिँदैन भने राज्य सरकारको पक्षबाट परिवारका एकजना सदस्यलाई स्पेशल होमगार्डको नोकरी दिइनेछ। यस अतिरिक्त उनले मृतक परिवारहरूको लागि सीईएससीबाट पाँच लाख रुपियाँ दिने कुरा पनि गरिन्।
बुधवार बिहान ममता ब्यनर्जीले मृतकहरूको परिवारसित फोनमा बातचित पनि गरिन्। अपरान्ह भवानीपुरमा दुर्गा पूजाको उद्घाटन कार्यक्रममा भाग लिँदै उनले मृतकहरूको परिवारहरूको लागि आर्थिक सहायता अनि नोकरी दिने घोषणा गरिन्।
कोलकातामा जलजमावको स्थितिमाथि बोल्दै मुख्यमन्त्रीले भनिन्, “परिस्थिति अब धेरै हदसम्म नियन्त्रणमा छ। अधिकांश क्षेत्रहरूबाट पानी हटाइसकिएको छ। अब तल्लो क्षेत्रहरू मात्र बचेको छ जुन चाँड़ै सफा हुनेछ।” उनले केन्द्र सरकारमाथि पनि लक्षित गर्दै भनिन्, “डीभीसी, म्याथन र फरक्का ब्यारजबाट पानी छोड़ियो साथै गंगामा ज्वार। तथापि नगरनिगमले धेरै राम्रो काम गरेको छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा