'स्वच्छ एवं हरित दिल्ली'-को लागि नागरिकहरूको सामूहिक सहभागिता आवश्यक छः प्रवेश वाही
'स्वच्छ एवं हरित दिल्ली'-को लागि नागरिकहरूको सामूहिक सहभागिता आवश्यक छः प्रवेश वाही


- एमसीडीका नेता सदनले मुकरबा चौकमा स्वच्छता अभियानमा भाग लिए, जनतासित अपील गरे

नयाँ दिल्ली, 24 सेप्टेम्बर (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी)- का नेता सदन प्रवेश वाहीले प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा शुरू गरिएको 'सेवा पखवाड़ा' अन्तर्गत बुधवार मुकरबा चौकमा आयोजित स्वच्छता अभियानमा आग लिए। उनले 'स्वच्छ एवं हरित दिल्ली'-को लागि नागरिकहरूको सामूहिक सहभागिता आवश्यक रहेको बताए।

प्रवेश वाहीले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन अनि दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता सहयोगमा निगमका मानिसहरूले मुकरबा चौकमा फोहोर-ंसंवेदनशील बिन्दुहरूको व्यापक सफाई गरिरहेका छन्। उनले भने, स्वच्छता एउटा अभियान मात्र होइन, हाम्रो जीवनशैलीको अंग हुनुपर्छ। यो कार्यक्रम दिल्लीलाई स्वच्छ अनि सुन्दर बनाउने दिशामा महत्वपूर्ण कदम हो।

उनले भने, यो सफाई अभियान आगामी 2 अक्टोबरसम्म जारी रहनेछ। आगामी तिहारी मौसममा उचित सफाई सुनिश्चित गर्नु विशेष रूपमा महत्वपूर्ण छ।

वाहीले सबै नागरिकहरूसित 'सेवा पखवाड़ा'-मा सक्रिय रूपमा भाग लिने अनि आ-आफ्नो क्षेत्रमा स्वच्छतालाई कायम राख्नमा दिल्ली नगरनिगमलाई सहयोग गर्ने अपील गरे। उनले भने, यो अभियान देशलाई स्वच्छ र सशक्त बनाउने दिशामा एक सकारात्मक कदम हो।

यस स्वच्छता अभियानमा नरेला विधायक राजकरण खत्री औ पार्षद अञ्जू अमन पनि सामेल भए। साथै लोक निर्माण विभाग (पीडब्ल्यूडी) र दिल्ली नगरनिगमका वरिष्ठ अधिकारी, आरडब्ल्यूए, मार्केट एसोसिएशन तथा सफाई कर्मचारीहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande