-अमेरिकी ट्यारिफ प्रतिबन्धबाट25,000 झिँगे माछाकिसानर 62 प्रोसेसिंग यूनिट्सलाईनोक्सान-
भुवनेश्वर, 24 सेप्टेम्बर (हि.स.)। ओडिशाका मत्स्य औ पशुपालन विकास मन्त्री गोकुलानन्द मल्लिकले बुधवार विधानसभामा बताए, अमेरिकाद्वारा लगाइएको 50 प्रतिशत ट्यारिफ प्रतिबन्धबाट राज्यको सीफूड निर्यातलाई व्यापक नोक्सान भइरहेको छ। विधायक तुषारकान्त बहेराको प्रश्नको उत्तरमा मन्त्रीले भने, वित्तीय वर्ष 2024-25 मा राज्यमा अनुमानित 11.92 लाख मीट्रिक टन माछा र झिँगे माछा उत्पादन भयो जसमा झिँगा लगभग 1.45 लाख मीट्रिक टन रह्यो। तथापि अमेरिका जुन ओडिशाको सीफ़ूड निर्यातको एक प्रमुख गन्तव्य रहेको छ, नयाँ ट्यारिफ प्रतिबन्धको कारण चुनौतीपूर्ण बजार बन्न पुगेको छ।
वर्तमानमा ओडिशाको मोठ सीफ़ूड निर्यातको लगभग 24.5% अमेरिकालाई पठाइन्छ। यस प्रतिबन्धको कारण राज्यको लगभग 62 सीफूड प्रोसेसिंग यूनिट्स सोझै प्रभावित भएका छन् जबकि लगभग 25 हजार झिँगे माछा किसानहरूले अप्रत्यक्ष रूपमा नोक्सान झेलिरहेका छन्।
मन्त्री मल्लिकले भने, केन्द्र सरकार राज्यहरूसित मिलेर वैकल्पिक निर्यात बजार खोज्न लागिपरेको छ जसमा जापान, दक्षिण कोरिया, ब्रिटेन, रूस,अस्ट्रेलिया तथा दक्षिण-पूर्व एशिया सामेल छन्।
सरकार स्थानीय किसानहरू तथा प्रोसेसिंग यूनिट्सलाई समर्थन गर्ने एवं निर्यातको विकल्प बढ़ाउनको लागि प्रयासरत छ ताकि उत्पादन अनि रोजगार स्तरलाई कायम राख्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा