पश्चिम मेदिनीपुर, 24 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा थाना पुलिसले बुधवार बिहान ठूलो कारबाही गर्दै एउटा बसबाट प्रचुर मात्रामा प्रतिबन्धित पटाका र पटाका बनाउने काँचो माल जफत गऱ्यो।
सूत्रबाट प्राप्त गुप्त सूचनाको आधारमा पुलिसले बेलदा बस स्ट्याण्डमा दिघा-मेदिनीपुर रूटको एउटा बसलाई रोकेर जाँच गऱ्यो। जाँचमा बसको पछिल्लो डिक्कीमा बोरामा राखिएको प्रचुर मात्रामा प्रतिबन्धित पटाका र यसको काँचो माल जफत गरियो। पुलिसको यस कारबाहीबाट बस यात्रीहरूसँगसँगै स्थानीय मानिसहरूमा पनि कोकोहोलो मचियो। वरपरका पसलहरूबाट आएका मानिसहरू बस वरपर भेला भए। पछि पुलिस आएपछि आवागमन सामान्य भयो।
पुलिस सूत्र अनुसार यो सामान दिघा बोर्डर क्षेत्रबाट ल्याइएको थियो जसलाई मेदिनीपुरमा पुऱ्याउनु थियो। यस सिलसिलामा पुलिसले बस चालक र कण्डकटरलाई हिरासतमा लिएको छ। साथै बसलाई पनि जफत गरिएको छ।
पुलिसले बतायो, आगामी दुर्गा पूजापूर्व प्रतिबन्धित पटाका र पटाका बनाउने सामग्रहरूको तस्करीलाई रोक्नको लागि विशेष अभियान संचालन गरिँदैछ। यो कारबाही यसै अन्तर्गत गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा