कोलकाता, 24 सेप्टेम्बर (हि.स.)। अल इण्डिया सेक्युलर फ्रण्टका विधायक नौशाद सिद्दीकीले कोलकातामा करेन्टको चपेटमा परी भएको मृत्यु मामिलामा कलकत्ता उच्च अदालतमा जनहित याचिका दर्ता गरेका छन्। गए मंगलवार शहर तथा यस वरिपरी घना वर्षापछि पानीमा करेन्ट फेलिएर दशजना मानिसहरूको मृत्यु भएको थियो।
बुधवार सिद्दीकीले आफ्नो याचिकामा मृतकहरूका परिवारलाई क्षतिपूर्ति दिने अनि यसप्रकारको घटनको लगातार पुनरावृत्तिलाई लिएर उच्चस्तरीय न्यायिक जाँच गर्ने माग गरेका छन्। उच्च अदालतले याचिकालाई स्वीकार गरेको छ जसमाथि बिहीवार जस्टिस सुजय पल र जस्टिस स्मिता दास डेको खण्डपीठ समक्ष सुनवाई हुनेछ।
घटनापछि मुख्यमन्त्री ममता ब्यनर्जीले सञ्जीव गोयनकाको स्वामित्वमा रहेको निजी बिजुली वितरण कम्पनी सीईएएससीमाथि गम्भीर आरोप लगाइन्। उनले भनिन्, कम्पनीले राज्यबाट ठूलो मुनाफ कमाइरहेको भए पनि आधुनिकीकीरणमाथि ध्यान दिँदैन। मुख्यमन्त्रीले यो पनि दाबी गरिन्, बारम्बार चेताउनी दिँदा-दिँदै पनि सीईएससीले लापरवाही गऱेको कारण यी ज्यानहरू गएका हुन्। ममता ब्यानर्जीले माग गरिन्, कम्पनीले मृतकहरूका परिवारहरूलाई क्षतिपूर्ति देओस् अनि परिवारका एकजना सदस्यलाई नोकरी दिइयोस्। तथापि कम्पनीले यसलाई स्पष्ट रूपा अस्वीकार गर्दै भनेको छ, महानगरमा ट्राफिक सिस्टम तथा खम्बाहरूको हेरचाह गर्ने काम शहर प्रशासनको हो, हाम्रो होइन। ज्यान गुमाउनेहरूमा अधिकांशको घरभित्रै वायरिंगमा गड़बड़ीको कारणले भएको छ तथा बाहिर सड़कमा खम्बा र ट्राफिक सिग्नलबाट करेन्ट लागेर भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा