भारत-बंगलादेश सीमामा 80.55 लाखको सुनको बिस्कुटसितै तस्कर पक्राउ
भारत-बंगलादेश सीमामा 80.55 लाखको सुनको बिस्कुटसितै तस्कर पक्राउ


कोलकाता, 24 सेप्टेम्बर (हि.स.)। भारत-बंगलादेश सीमामा फेरि एकपटक बीएसएफका जवानहरूले तस्करीको प्रयासलाई असफल बनाइदिएका छन्। दक्षिण बंगाल सीमान्तको 32औं वाहनीको बनपुर सीमा चौकीका जवानहरूले बुधवार कारबाही गर्दै बंगलादेशदेखि भारतमा ल्याइरहेका छ वटा सुनका बिस्कुटहरूलाई जफत गरे जसको वजन रहेको छ 719.2 ग्राम। अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य लगभग 80.55 लाख रुपियाँ रहेको अनुमान लगाइएको छ।

बीएसएफ दक्षिण बंगाल सीमान्तका जनसम्पर्क अधिकारीले बताए, गए 23 सेप्टेम्बरको दिन नदिया जिल्लाको सीमाचौकी क्षेत्रबाट सुन तस्करी भइरहेको सूचना प्राप्त भएको थियो। सूचना पाउनसाथ जवानहरूले तारबन्दी नजिक आँप र केराको बगैचालाई घेराबन्दी गरे। बिहान लगभग 08:30 बजी दुई जना भारतीय र दुईजना बंगलादेशी तस्करलाई दुवै सीमामा देखियो। बंगलादेशी तस्करहरूले सानो प्लास्टिकको प्याकेटलाई भारतीय तस्करहरू भएतिर फालिदिए।

भारतीय तस्करहरू त्यसलाई टिप्न लागेका थिए बीएसएफले उनीहरूलाई समात्यो। तर अर्को तस्कर भाग्न सफल भयो। पक्रा पर्ने तस्करबाट दुई वटा प्लास्टिकको प्याकेट र एउटा मोबाइल फोन जफत गरियो साथै एउटा अतिरिक्त मोबाइल फोन पनि भेटियो। जाँच गर्दा दुवै प्याकेटमा छह वटा सुनको बिस्कुट भेटियो। जफत गरिएको सामान र पक्रा पर्ने तस्करलाई कानूनी प्रक्रियाको लागि सम्बन्धित विभागमा सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande