सिलगढ़ी, 24 सेप्टेम्बर (हि.स)। नक्सलबाड़ीस्थित अटल चिया बगानको सातभैया डिभीजनमा चिया श्रमिकहरूले पूजा बोनसलाई लिएर बुधार सड़क जाम गरे। श्रमिकहरूको प्रदर्शनले गर्दा सड़क पूर्ण रूपले जाम भयो। तथापि पुलिसले आश्वासन दिएपछि श्रमिकहरूले जामलाई हटाए।
वास्तवमा सतभैया डिभीजनमा 5 सय श्रमिकहरूले काम गर्दछन्। उनीहरूले आरोप लगाएका छन्, पूजा आउन मात्र दुई दिन बाँकी रहेको छ, तर सम्बन्धित अधिकारीहरूले बोनस दिएका छैनन्। यसबाट आक्रोशित श्रमिकहरूले काम बन्द गरेर कार्यालय सामु धरना प्रदर्शन गरे अनि पछि सिलगढ़ी-बिहार राष्ट्रिय राजमार्गलाई जाम गरिदिए।आरोप छ, मालिक पक्षले 15 प्रतिशत बोनस दिने वाचा गरेको थियो, तर अहिलेसम्म बोनस वितरण गरिएको छन्। यसैले श्रमिकहरू विरोध प्रदर्शनमा सामेल भए। श्रमिकहरूको आन्दोलनले गर्दा सड़कमा यातायात ठप्प भयो जसबाट जामको स्थिति उत्पन्न भयो। पछि पुलिसले आश्वासन दिएपछि श्रमिकहरूले जामलाई हटाए। तथापि अटल चिया बगानको मुख्य डिभीजन सामु श्रमिकहरूको आन्दोलन जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा