डीआरआईले जफत गऱ्यो छह करोड़ रूपियाँको सुन, चार पक्राउ
डीआरआईले जफत गऱ्यो छह करोड़ रूपियाँको सुन, चार पक्राउ


सिलगढ़ी, 24 सेप्टेम्बर (हि.स.)। राजस्व गोप्य निदेशालय (डीआरआई) ले छह करोड़ रुपियाँ मूल्यको पाँच किलो 619 ग्राम सुना जफत गरेको छ। सुन तस्करीको आरोपमा चार जना तस्करलाई पक्राउ गरिएको छ। पक्रा पर्ने तस्करहरूको नाम पंकज कुमार, सूरज कुमार, आशीष कुमार र शौभिक हो। पंकज र सूरज बिहारको निवासी हुन् जबकि आशीष कुमार र शौभिक पाल मेदिनीपुर जिल्लाको निवासी हुन्।

डीआरआईका अधिवक्ता रतन बनिकले बताए, गुप्त सूचनाको आधारमा डीआरआईको सिलगढ़ी शाखाको टीमले बिहारको किशनगंजमा अभियान चलाएर दुई जना आरोपीलाई पक्राउ गऱ्यो। सोधपुछपछि थप दुई जना आऱोपीलाई पक्राउ गरियो। यसपछि चारै जनालाई कानूनी कारबाही कारबाहीपछि सिलगढ़ी लगियो। तस्करहरूदेखि अधिकारीहरूले 48 सुनका बिस्किट जफत गरेका छन्।

जफत गरिएको सुनको अनुमानित बजार मूल्य लगभग छह करोड़ 29 लाख रूपियाँ मापिएको छ। प्रारम्भिक जाँचमा खुलासा भएको छ कि सुनलाई दिल्लीमा तस्करी गरिनुथियो। पक्रा परेका तस्करहरूलाई बुधवार सिलगढ़ी अदालतमा पेश गरियो। जहाँ न्यायाधीशले दुवै पक्षको दलील सुनेपछि चारै जना तस्करलाई 08 अक्टोबरसम्म न्यायिक हिरातमा राख्ने निर्देश दिएका छन्। डीआरआईले पूरा मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande