सबै धर्मको एकता अनि सद्भावनाको आधारलाई सुरक्षित राख्ने हाम्रो संकल्प होः ममता ब्यनर्जी
सबै धर्मको एकता अनि सद्भावनाको आधारलाई सुरक्षित राख्ने हाम्रो संकल्प होः ममता ब्यनर्जी


कोलकाता, 24 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले स्वतन्त्रता सेनानी प्रीतिलता वाद्देदारको पुण्यतिथिमा बुधवार श्रद्धाञ्जली अर्पण गर्दै देशमा सबै धर्महरूको एकता, सद्भावना तथा समन्वयको आधारलाई सुरक्षित राख्नेमाथि बल दिइन्। उनले भनिन्, आजको परिस्थितिमा यो अज आवश्यक भएको छ।

ममता ब्यनर्जीले सोशल मीडिया प्लेटफर्म 'एक्स'-मा भनिन्, देशलाई स्वीधनता अपार कठिनाई तथा बलिदानहरूको फलस्वरूप प्राप्त भएको थियो। महान स्वतन्त्रता सेनीहरूको सपना थियो, स्वतन्त्र भारत एउटा यस्तो जगमा उभियोस् जहाँ एकता, सद्भाव एवं सबै धर्महरूको समन्वय कायम रहोस्। यस धरोहरलाई सुरक्षित राख्नु नै हाम्रो संकल्प हो।

उनले भनिन्, बंगालको धरतीले कैयौं वीरंगनाहरूलाई जन्म दिएको छ जसले स्वतन्त्रता आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे। यसमा मातंगिनी हाजरा, कल्पना दत्ता, वीना दास औ सुनीति चौधरी जस्ता महिलाहरूको नाम लिन सकिन्छ। उनले भनिन्,म सदैव मान्दछु कि बंगाल बिना स्वतन्त्रता संग्राम सफल हुँदैनथ्यो। बंगाल यस आन्दोलनको मेरूदण्ड थियो।

प्रीतिलता वाद्देदारको संघर्षलाई स्मरण गर्दै मुख्यमन्त्रीले बताइन्, 1932 सालमा उनले चिटगाउँ (वर्तमानमा बंगलादेश)-को पहाड़तली युरेपियन क्लबमा सशस्त्र हमला गरेकी थिइन्। यस क्लबको बाहिर लेखिएको थियो- कुकुर र भारतीयहरूको प्रवेश प्रतिबन्ध। प्रीतिलताले आफ्नो साहस अनि बलिदानबाट स्वतन्त्रता संग्रामको इतिहासमा अमर स्थान बनाइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande