बलिया, 24 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा बलिया जिल्लाको गड़वार थाना क्षेत्रमा बुधवार एक छात्राको साथ दुष्कर्मको मामिला अघि आएको छ। आऱोपी त्यही स्कूलको छात्र हो। घटनाको सूचना पाउनसाथ पुलिसले आरोपीलाई हिरासतमा लियो।
क्षेत्राधिकारी सदर मोहम्मद उस्मानले बताए, छात्राका परिजनहरूले शिकायत दर्ता गराएका छन्। उनीहरूले बताए, उनकी छोरी कक्षा 11औंकी छात्रा हुन्। उसकै साथमा पढ्ने 12औंको छात्रले छोरीलाई फकाएर कमरामा लगेर गयो र यो कुकृत्य गऱ्यो। छात्राले घटनाबारे जब बताइन्, तब परिजनहरूले पुलिसमा शिकायत गरेका छन्।
सीओको भनाई छ, परिजनहरूको शिकायतको आधारमा आरोपीलाई हिरासतमा लिइएको छ। छात्राको मेडिकल गराइँदैछ। परिजनहरूको शिकायत र मेडिकल रिपोर्टको आधारमा अग्रिम कारबाही गरिनेछ। अहिले छानबीन जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी