मुख्यमन्त्रीले मङ्गनमा नवनिर्मित छात्रावास एवं जिम र स्तरोन्नति गरिएको सार्वजनिक खेल मैदानको उद्घाटन गरे
मुख्यमन्त्रीले मङ्गनमा नवनिर्मित छात्रावास एवं जिम र स्तरोन्नति गरिएको सार्वजनिक खेल मैदानको उद्घाटन गरे


मङ्गन, 24 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जिल्लामा खेल संस्कृतिलाई ठूलो प्रोत्साहन गर्दै नवनिर्मित युवा छात्रावास एवं जिम र स्तरोन्नति गरिएको मङ्गन सार्वजनिक मैदानको उद्घाटन गरे।

मुख्यमन्त्रीलाई मङ्गनमा खेलकुद तथा युवा मामिला विभाग मन्त्री राजु बस्नेत, मन्त्री एवं क्षेत्र विधायक साम्डुप लेप्चा, वन तथा वातावरण विभाग मन्त्री पिन्चो नामग्याल लेप्चा, जनस्वास्थ्य अभियान्त्रिकी विभाग मन्त्री सोनाम लामा आदिले स्वागत जनाएका थिए।

मुख्यमन्त्रीले रिबन काटेर नवनिर्मित सुविधाहरूको उद्घाटन गरेपछि निरीक्षण पनि गरेका थिए। विभागीय सचिव एवं प्रधान अभियन्ताले मुख्यमन्त्रीलाई परियोजनाको विवरण र यस क्षेत्रका युवाहरूलाई फाइदा पुग्ने गरी विकास गरिएका सुविधाहरूको बारेमा जानकारी गराए।

युथ होस्टेल एवं जिम आधुनिक जिम उपकरणहरू, केटा र केटी दुवैका लागि फराकिलो छात्रावास सुविधाहरू र खेलकुद र फिटनेसलाई प्रोत्साहन गर्न सहायक सुविधाहरूले सुसज्जित छ। यस 60 बेडेड् युथ होस्टेलको भुई तल्लामा केटाहरू र केटीहरूको लागि प्रत्येक 30 बेडको छात्रावासका दुई युनिटहरू छन्। साथै, साझा भोजन/भान्सा, एउटा कार्यालय, दुई जिम युनिट, वार्डेन कोठाहरू, केटा र केटीहरू दुवैका लागि छुट्टै शौचालय सुविधाहरू छन्।

होस्टेल र जिमको उद्घाटनपछि, मुख्यमन्त्रीले स्तरोन्नति गरिएको मङ्गन सार्वजनिक मैदानको उद्घाटन गरे। यस अवसरमा स्थानीय खेलाडीहरूले छोटो प्रदर्शन अभ्यास प्रस्तुत गरेका थिए। स्थरोन्नति गरिएको स्टेडियमको क्षमता लगभग चार हजार जनाको रहेको छ। यस फुटबल खेल मैदानलाई 11 साइड टुर्नामेन्ट मापदण्डहरू पूरा गर्न पुनर्निर्माण गरिएको छ।

मुख्यमन्त्रीले खेलाडीहरू र युवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै उनीहरूलाई नयाँ विकसित सुविधाहरूको उत्तम उपयोग गर्न प्रोत्साहित गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande