देहरादून, 24 सेप्टेम्बर (हि.स.)। उधमसिंह नगरमा मानिसहरूसित नक्कली क्लीनिकहरूले खेलवाड़ गरिरहेका छन्। यस्ता जाली क्लीनिकहरूको प्रत्येक वर्ष नै खुलासा भइरहेको छ। यस वर्ष पनि लगातार नक्कली क्लीनिकहरूको खुलासा भइरहेको छ। यहाँ मानिसहरूलाई उपचार गराएको परिणाम भोगन परिरहेको छ।
जिल्लामा अत्यधिक संख्यामा जाली क्लीनिकहरू छन्। यस्ता क्लीनिकहरू नगरीय क्षेत्र बाहेक गाउँ-शहरहरूसम्म फैलिएको छ। स्वास्थ्य विभागको आँकड़ाले पनि यी जाली क्लीनिकहरूको पुष्टि गरिरहेको छ। सीएमओ काककर्यालय अनुसार वर्ष 2024-मा विभागले 52 वटा अवैध क्लीनिकलाई सिल गरिदिएको थियो।
यस वर्षको अहिलेसम्ममा 1 वटा क्लीनिक सिल भइसकेका छन्। स्वास्थ्य विभागको आँकड़ाले बताउँछ, अवैध क्लीनिकहरूको सबैभन्दा बढ़ी संचालन बाजपुर, जसपुर क्षेत्रमा भइरहेको छ। सिल भएका यी 11 वटा क्लीनिकहरू पनि 5 वटा बाजपुर र 5 वटा जसपुर अनि एउटा जगदपुरमा रहेको छ।
उधमसिंह नगरका सीएमओ डा. केके अग्रवाल अनुसार पञ्जीकरण बिनाको क्लीनिकहरूमाथि कड़ा निगरानी राखिँदैछ एसीएमओको नेतृत्वमा रहेको कमिटीले लगातार यस्ता क्लीनिकहरूको जाँच गरिरहेको छ।मान्यता नभएका क्लीनिकहरूमाथि तत्काल कारबाही पनि गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा