गान्तोक, 24 सेप्टेम्बर (हि.स.)। भारत सरकारको संस्कृति मन्त्रालयको तत्वावधानमा नामग्याल इन्स्टीट्यूट अफ तिबेटोलोजी (एनआईटी) ले बुधवार एनआईटी परिसरमा “विकसित भारका रंग कला संग” शीर्षकमा एकदिवसीय कला कार्यशाला तथा चित्रकला प्रतियोगिताको सफल आयोजन गऱ्यो। यो कार्यक्रम सेवा पर्व पहल अन्तर्गत सम्पन्न भएको हो, जुन विकसित भारतको दृष्टिसँग मेल खान्छ।
कार्यक्रमको उद्घाटन सिक्किम सरकारको ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेती तथा संस्थानका निर्देशक डा. पासाङ डी. फेम्पुले संयुक्त रूपमा गरेका थिए। “भारतको खुशी भविष्य” विषयमा आधारित यस आयोजनाको उद्देश्य कलालाई आत्म-अभिव्यक्ति, सांस्कृतिक प्रस्तुति र नागरिक जागरूकताको प्रभावशाली माध्यमका रूपमा प्रवर्द्धन गर्नु थियो। साथै, सहभागीहरुलाई विकसित भारतको सपनालाई साकार पार्न योगदान दिन प्रेरित गर्नु पनि यस कार्यक्रमको लक्ष्य थियो।
प्रतियोगितामा विद्यालय, महाविद्यालय तथा पेशेवर क्षेत्रका 200 भन्दा बढी सहभागीहरुले आफ्नो सिर्जनशीलता र कलात्मक प्रतिभा प्रस्तुत गरे। राष्ट्र निर्माणमा कलाको भूमिकालाई जोड दिँदै यस पहलको लक्ष्य सामाजिक चेतना फैलाउने, सांस्कृतिक सम्पदा जोगाउने र सिर्जनात्मक अभिव्यक्तिमार्फत प्रगतिलाई प्रोत्साहित गर्ने रहेको थियो।
नौ जना पेशेवर कलाकार र कला शिक्षकमण्डलीले प्राप्त प्रविष्टिहरुको मूल्याङ्कन गरी विद्यालय विद्यार्थी, कलेज विद्यार्थी र पेशेवर वर्ग गरी तीन श्रेणीमा विजेताहरुलाई नगद पुरस्कार प्रदान गरियो। जसमा विद्यालय विद्यार्थी (कक्षा ७–१२) वर्गमा प्रथम पुरस्कार (₹१०,०००)कर्मा थेन्डुप भोटिया, तादोङ सीनियर सेकेन्डरी स्कूल, द्वितीय पुरस्कार (₹५,०००) छुकिला डोलकर भोटिया, देवराली गर्ल्स सीनियर सेकेन्डरी स्कूल र तृतीय पुरस्कार (₹२,५००) एडवर्ड लेप्चा, मोर्डन सीनियर सेकेन्डरी स्कूललाई प्रदान गरियो।
कलेज विद्यार्थी वर्गमा प्रथम पुरस्कार (₹२५,०००) राप्देन नाम्ग्याल भोटिया, निदेशालय हस्तशिल्प एवं हथकर्घा, द्वितीय पुरस्कार (₹१५,०००) पबित्रा गदाल, नर बहादुर भण्डारी डिग्री कलेज र तृतीय पुरस्कार (₹१०,०००) सप्तर्षि सोम, सिक्किम सरकार कानून कलेजलाई प्रदान गरियो।
यसैगरी, पेशेवर वर्गमा प्रथम पुरस्कार (₹१,००,०००) जिन्पा राप्गे भोटिया, द्वितीय पुरस्कार (₹५०,०००) मिङ्युर दोर्जी भोटिया र तृतीय पुरस्कार (₹२५,०००) योगराज गुरुङ अनि यसका अतिरिक्त १० जना सहभागीहरुलाई सान्तवना पुरस्कारस्वरूप ₹५००–₹५०० प्रदान गरियो।
हिन्दुस्थान समाचार / बिशाल