गौतमबुद्ध नगर, 24 सेप्टम्बर (हि.स.)। थाना सेक्टर 126 क्षेत्रको शाहपुर गाउँ निवासी एक महिला इन्जीनियरको बाथरूममा एक व्यक्तिले वेब क्यामरा लगायो तथा उ नुहाएको अश्लील भीडियो बनाउने प्रय़ास गऱ्यो। युवतीको सतर्कताले उसले क्यामरा देखिन् औं घटनाको रिपोर्ट पुलिस थानामा गरिन्।
थाना सेक्टर 126 का प्रभारी निरीक्षक भूपेन्द्र बालियानले बताए, एक युवतीले गए राति थानामा रिपोर्ट दर्ता गराएर भनेकी छन्, उ मूल रूपमा लखीमपुर खीरीको निवासी हुन् तथा वर्तमानमा शाहपुर गाउँमा भाड़ाको घरमा बस्छिन्। महिला अनुसार, उ लजिक टेक्नो पार्क टावरमा इन्जीनियरको रूपमा काम गर्छिन्। उ 22 सेप्टेम्बरमा आफ्नो बाथरूममा नुहाउन जाँदा झ्याँल नजिक एउटा वेब क्यामरा भेटाइन्। उले उक्त क्यामरालाई आफूसित राखिन् तथा साझँ अफिसबाट आएर चेक गर्दा यो क्यामरा उसैको बिल्डिङको अन्य कमरामा बस्ने रामान्द पुत्र घनश्यामको हो भन्ने थाहा लाग्यो। उनले बताए, युवतीले यस मामिलामा हिजो राति रिपोर्ट दर्ता गराएकी छन्। पुलिसले आऱोपीलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी