अभिषेकले अमित शाहमाथि प्रहार गर्दै भने- ‘दुई लाख करोड़को बाँकीलाई रोकियो, केले बन्ध सोनार बंगला?’
अभिषेकले अमित शाहमाथि प्रहार गर्दै भने- ‘दुई लाख करोड़को बाँकीलाई रोकियो, केले बन्ध सोनार बंगला?’


कोलकाता, 26 सेप्टेम्बर (हि.स.)। तृणमूल कंग्रेस (टीएमसी)- का राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले शुक्रवार केन्द्रिय गृहमन्त्री अमित शाहको ‘सोनार बंगला’ नारामाथि तीव्र प्रत्याक्रमण गरे। उनले केन्द्र सरकारमाथि पश्चिम बंगालको लगभग दुई लाख करोड़ रुपियाँ बाँकीलाई रोकेको आरोप लगाए।

अमित शाहद्वारा सन्तोष मित्रा स्क्वायर दुर्गा पूजा पण्डालको उद्घाटन अवधि दिइएको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै ब्यनर्जीले भनिन्, भाजपाले पहिला यो स्पष्ट गर्नुपर्छ कि राज्यले पाउने राशि किन दिरहेको छैन। उनले प्रश्न उठाए, सबैभन्दा पहिला अमित शाहसित सोध्नु पर्छ कि हामी (पश्चिम बंगाल)-ले पाउने दुई लाख करोड़ रुपियाँ कहिले पाउँछ? यदि उनले तृणमूलले झुटो बोलिरहेको छ भनेर भन्छन् भने उनले जहाँ भने पनि म तथ्य तथा आँकड़ा सहित उनीसित बहस गर्नको लागि तयार छु।”

डायमण्ड हार्बरबाट सांसद ब्यनर्जीले भाजपाको नारामाथि कटाक्ष गर्द भने, ‘सोनार बंगला’-को कुरा गर्छन्, तर के उनले ‘सोनार बिहार’ बनाए? के गुजरात, महाराष्ट्र एवं उत्तर प्रदेशलाई सोनार बनाउन सके? वास्तवमा भाजपाले यी सबै राज्यहरूमा पश्चिम बंगालको धन प्रयोग गरिरहेको छ।

कोलकातामा घना वर्षा र जलभराउको मुद्दामाथि पनि ब्यनर्जीले केन्द्रलाई नै लक्षित गर्दै भने, राज्य सरकारले प्रतिकूल परिस्थितिमा पनि आफ्नो सर्वश्रेष्ठ प्रयास गरिरहेको छ। उनले भने, यदि चार घण्टामा 300 मिलीलीटर वर्षा हुन्छ भने के गर्न सकिन्छ? तथापि हेर्नुहोस्, यदि कोलकातामा जलभराउ छ भने अमित शाह एकठाउँदैखि अर्को ठाउँमा कसरी गइरहेका छन्?

स्मरण गराइन्छ, अमित शाहले शुक्रवार पूजा पण्डालको उद्घाटनको अवसरमा भनेका थिए, उनले माँ दुर्गासित प्रार्थना गरेका छन् कि आगामी वर्ष 2026-को विधानसभा चुनाउपछि पश्चिम बंगालमा अर्को नयाँ सरकार बनोस् जसले राज्यले गुमाएको ‘सोनार बंगला’- को गरिमा र समृद्धिलाई बहाल गरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande