जादवपुर विश्वविद्यालयका सबै होस्टेललाई 48 घण्टाभित्रमा बन्द गरियोस्ः कलकत्ता उच्च अदालत
जादवपुर विश्वविद्यालयका सबै होस्टेललाई 48 घण्टाभित्रमा बन्द गरियोस्ः कलकत्ता उच्च अदालत


कोलकाता, 26 सेप्टेम्बर (हि.स.)। कलकत्ता उच्च न्यायालयले शुक्रवार महत्वपूर्ण आदेश जारी गर्दै भनेको छ, आगामी 48 घण्टाभित्रमा जादवपुर विश्वविद्यालयका सबै छात्रावासहरूलाई (होस्टेल) बन्द गर्नुपर्छ। अदालतले स्पष्ट रूपमा भन्यो, होस्टेल अब केवल दुर्गा पूजाको अवकाश समाप्त भएपछि मात्र फेरि खोल्न सकिनेछ।

न्यायमूर्ति सुजय पालको खण्डपीठले निर्देश दियो, यस अवधि जादवपुर थाना पुलिसले निगरानी राख्नेछ अनि सुनिश्चित गर्नेछ कि हेस्टेल खुल्ला नरहोस्। अदालतले यो पनि भन्यो, विश्वविद्यालय प्रशासनले आवश्यकता परे पुलिसको सहयोगमा यो सुनिश्चित गर्नेछ कि अवकाश अवधि कुनै बाहिरका व्यक्तिले क्याम्पसभित्र प्रवेश गर्न नसकोस्।

उच्च न्यायालयले विश्वविद्यालयको आन्तरिक सुरक्षालाई लिएर पनि केही दिशानिर्देश दिएको छ। अदालतले आदेश दियो, दर्गा पूजाको अवकाशपछि राज्य सरकार र विश्वविद्यालय प्रशानका अधिकारीहरूको बैठक गरी सुरक्षा व्यवस्थामाथि अन्तिम निर्णय लिनुपर्छ। यसमा परिसरमा सीसीटीभी क्यामरा जड़ान गर्ने सहित अन्य सुरक्षा उपायहरूमाथि पनि विचार गर्ने निर्देश दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande