नयाँ दिल्ली, 26 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता शुक्रवार जैव ऊर्जा औ प्रौद्योगिकीमाथि आयोजित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सामेल भइन्। भारतीय हरित ऊर्जा परिसंघले 24 देखि 26 सेप्टेम्बरसम्म द्वारकास्थित यशोभूमिमा सो सम्मेलन आयोजना गरेको थियो।
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भनिन्, यस मञ्चबाट आज हामी बायोएनर्जी, एथेनल, कम्प्रेस्ड बायोग्यास, बायो-मोबिलिटी तथा सस्टेनेबल एभिएशन फ्यूल जस्ता विषयहरूमा मन्थन गरिरहेका छौं। यो केवल टेक्नोलजी होइन हाम्रो भविष्यको दिशा पनि हो।
मुख्यमन्त्रीले भनिन्, यो सम्मेलन प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको उपलक्ष्यमा संचालित सेवा पखवाड़ा अन्तर्गत आोजना गरिएको हो। उनले भनिन्, सेवा पखवाड़ा अन्तर्गत दिल्ली सरकारले 15 दिनभित्रमा जनहितका 75 वटा सेवाहरू दिल्लीवासीलाई समर्पित गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा