जलपाईगुड़ी, 26 सेप्टेम्बर(हि. स.)। ट्रकको चपेटमा परी ड्यूटीमा तैनाथ एकजना सिभिक भोलन्टियरको मृत्यु भएको छ। मृतकको नाम मन्तोष राय हो जो राजगञ्ज थाना अन्तर्गत पानीकौरी ग्राम पञ्चायतको चँदरबाड़ी क्षेत्रका निवासी थिए। दुर्घटना गए बिहीवार अबेर राती सिलगढ़ी-जलपाईगुड़ी राष्ट्रिय राजमार्गको फाटापुकुर क्षेत्रस्थित टोल प्लाजा नजिक भएको हो।
सूत्र अनुसार मन्तोष गए बिहीवार अबेर राती टोल प्लाजा नजिक ड्यूटीमा तैनाथ थिए। अचानक सिलगढ़ी तर्फ गइरहेको एउटा ठूलो ट्रकले मन्तोषलाई ठककर दियो। घटनामा मन्तोष गम्भीर रूपमा घाइते भए। हतार-हतार सहकर्मीहरूले मन्तोषलाई फूलबाड़ीको एक निजी अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।
घटनापछि पुलिसले ट्रकलाई जफत गरेको छ, तर चालक भागिसकेको छ। घटनाको जाँच शुरू गरिएको छ। यसबीच सिभिक भोलन्टियरको मृत्युको कारणले परिवार, पुलिस तथा सरकर्मीहरूमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा