आईआईटी खड़गपुरमा “स्वच्छता नै सेवा- 2025” अन्तर्गत सफाई अभियान सम्पन्न
आईआईटी खड़गपुरमा “स्वच्छता नै सेवा- 2025” अन्तर्गत सफाई अभियान सम्पन्न


खड़गपुर, 26 सेप्टेम्बर (हि. स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) खड़गपुरमा जल शक्ति मन्त्रालयको दिशानिर्देशमा स्वच्छता नै सेवा–2025 अभियान अन्तर्गत विभिन्न स्वच्छता एवं जनजागरूकता कार्यक्रम आयोजना गरियो। यस अवधि विभागीय सदस्य, विद्यार्थी एवं कर्मचारीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

एक घण्टा श्रमदान कार्यक्रम अन्तर्गत संस्थानका विभिन्न विभाग, छात्रावास एवं सामाजिक स्थलहरूमा सफाई अभियान संचालन गरियो। कार्यक्रमको नेतृत्व गर्दै प्रो. ब्रजेश कुमार दुबे (डीन, क्याम्पस एवं सामुदायिक विकास)-ले सबै उपस्थित मानिसहरूलाई स्वच्छताको प्रतिज्ञा दिलाए। यस अवसरमा प्रो. शैलेन्द्र कुमार वर्ष्नेय, (डीन छात्र कार्य) प्रो. उदय शंकर, (एसोसिएट डीन छात्र कल्याण) प्रो. जितेन्द्र महाकुड़, (अध्यक्ष टेक्नोलजी स्टूडेन्ट्स जिमखाना) तथा प्रो. गायत्री मुखर्जी, (एसोसिएट अध्यक्ष टीएसजी) उपस्थित थिए।

कार्यक्रम अन्तर्गत सफाई मित्रहरूको लागि स्वास्थ्य शिविरको आयोजन गरियो जसमा बी.सी. राय टेक्नोलजी अस्पतालका चिकित्सक तथा नर्सहरूले सेवा प्रदान गरे। त्यसपछि सफाई मित्रहरूको लागि सामूहिक भोजको आयोजन पनि गरियो। यसै क्रममा डीएवी मोडल स्कूल, आईआईटी खड़गपुरमा कक्षा आठौंदेखि बाह्रौंसम्मका विद्यार्थीहरूमाझ निबन्ध प्रतियोगिता आयोजना गरियो। विद्यार्थीहरूले पर्यावरणको विषयमा लेखेर स्वच्छताप्रति आफ्नो जागरूकता प्रदर्शन गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande