खरसाङ, 26सेप्टेम्बर (हि.स.)। खरसाङको गौरी शंकर चियाबारी अन्तर्गत डाँडा गाउँमा आगलागीमा एक घर जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ। उक्त घर स्थानीय गणेश छेत्रीको रहेको र आगलागी भएर उनको घर सबै जलेर खरानी बनेको बताइएको छ।
उक्त आगलागीको घटना आज दिउँसो लगभग 2:45 बजी भएको बताइएको छ। आगलागीको घटना सुन्नसाथ खरसाङ पुलिस थानाबाट एसआई सागर प्रधानको अगुवाईमा पुलिसहरु र अग्निशमन केन्द्रबाट कर्मचारीहरु घटना स्थलमा पुगेको थियो।
एसआई सागर प्रधानले दिएका जानकारी अनुसार, सर्ट सर्किट भएर लागेको आगोले घर पूर्ण रूपमा नष्ट भएको र यस दुःखद घटनामा घरमा रहेको सबै सम्पत्ति, गरगहना र कागजातहरू जलेर नष्ट भएका छन्। यस आगलागी हुॅंदा गणेश छेत्री र उनकी पत्नी भान्सा घरमा दिए र दिउँसो 2.45 बजीतिर अचानक आगलागी भयो।
यस आगलागीमा गणेश छेत्रीकी पत्नी लक्ष्मी छेत्रीलाई आगोले सामान्य चोटपटक लागे को छ। आगलागीको घटना सुन्नसाथ खरसाङ अग्निशमन केन्द्रबाट दमकलको गाडी समयमै पुगे पनि बाटो नभएको कारणले घरसम्म पुग्न नसकेको, तर अग्निशमन केन्द्रका कर्मचारीहरु र स्थानीय गाउँलेहरूको प्रयासले आगो नियन्त्रणमा आएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक