श्रीनगर, 26 सेप्टेम्बर (हि.स.)। हुर्रियत कन्फ्रेन्सका अध्यक्ष मीरवाइज उमर फारूकले शुक्रवार भने, उनलाई जामा मस्जिदमा सामूहिक नमाज पढ़्नदेखि फेरि रोकिएको छ।
मीरवाइजले 'एक्स' -मा पोस्ट गरी भने, पुलिसले भर्खरै मलाई बताएको छ कि आज फेरि लगातार तेस्रो शुक्रवार मलाई नजरबन्द गरिएको छ र मलाई जामा मस्जिद जाने अनुमति दिइनेछैन। उनले अझ भने, यदि कानूनले हामीमाथि शासन गर्छ भने कुन चाहिँ कानूनले बुनियादी अधिकारीहरूमाथि यसरी हमला गर्ने स्वीकृति दिन्छ। हप्ता-प्रतिहप्ता शुक्रवार वा अन्य कुनै पनि दिन आफ्नो मर्जीले अधिकारीहरूले मलाई घरमा बन्द गरिदिन्छन्, मेरो स्वतन्त्रतामाथि लगाम लगाउँछन् अनि मलाई मेरो धार्मिक कर्तव्यहरूलाई पूरा गर्नदेखि रोक्छन्, यस तानाशाही व्यवहारको लागि कोही जवाफदेही हुँदैन।
हुर्रियत अध्यक्षले भने, उनीहरू सबैको जसको कर्तव्य अधिकारीहरूलाई जवाफदेही ठहर गर्नु हो, उनीहरूले हिम्मत गर्दैनन् वा त प्रश्न गर्न उचित ठान्दैनन्। उनले भने, म यसरी बारम्बार लगाइएको प्रतिबन्ध तथा मानवाधिकर एवं जनभावनाहरूप्रति अधिकारीहरूको अवमाननाको कड़ा निन्दा गर्दछु।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा