मणिपुरः थौबलमा केसीपी कार्यकर्ता पक्राउ, हतियार तथा उर्दीको भण्डार जफत
मणिपुरः थौबलमा केसीपी कार्यकर्ता पक्राउ, हतियार तथा उर्दीको भण्डार जफत


इम्फाल, 26 सेप्टेम्बर (हि.स.)। मणिपुरको इम्फाल पूर्वमा सुरक्षा बलहरूले एक आतंकवाद विरोधी अभियान अवधि प्रतिबन्धित केसीपी (पीडब्ल्यूजी)-का एकजना सक्रिय सदस्यलाई पक्राउ गरेका छन्। मणिपुर पुलिस मुख्यालयद्वारा शुक्रवार जारी एक आधिकारिक बयानमा बताइयो, पक्रा पर्ने केसीपी क्याडरको पहिचान क्षेत्री अवांग लेइकाई निवासी मोहम्मद ताजुद्दीन शाह उपनाम बाबय (37)-को रूपमा भएको छ। पुलिसले बताएको छ, आरोपीलाई 25 सेप्टेम्बरको दिन हिनगांग पुलिस स्टेशन अन्तर्गत खुरई चैरेन थोंगबाट पक्राउ गरिएको हो। उसको कब्जाबाट एउटा मोबािल फोन जफत गरियो।

सोही दिन सुरक्षा दलहरूले थौबल जिल्लाको रिंगपाम गाउँ नजिकै सलुंगफाम ममांग लेइकाईको बेसी क्षेत्रमा संचालित जाँच अभियानको क्रममा प्रचुर मात्रामा हतियार, गोला-बारूद तथा लड़ाकु उपकरण जफत गरे जसमा एउटा 7.62 एसएलआर राइफल म्यागजिनसितै, एउटा कार्बाइन म्यागजिनसितै, एउटा राइफल, दुईवटा सिंगल बोर एक्शन राइफल, एउटा एसबीबीएल पीएजी, दुईवटा चीनीयाँ एचई ह्याण्ड ग्रेनेड, एउटा स्थानीय निर्मित विस्फोटक, एउटा 7.62 (एके) लाइभ राउण्ड, तीन वटा 7.62 (एसएलआर) लाइभ राउण्ड, चार वटा 9 मिमी लाइभ राउण्ड, एउटा इंसास म्यागजिन, एउटा अश्रु ग्यासको गोला, दुईवटा बाओफेंग ह्याण्ड हेल्ड सेट दुई वटा चार्जरसितै, 10 बीपी ज्याकेट, 40 वटा छलावरण प्यान्ट, 32 वटा छलावरण शर्ट, 17 वटा छलावरण टोपी , 6 वटा म्यागजिन पाउच, 21 वटा बेल्ट, 13 जोड़ी जुत्ता, एउटा ब्याकप्याक, एउटा हेलमेट, दुईवटा पीएलए नेम प्लेट तथा एउटा पीएलए ब्याज सामेल छन्।

अधिकारीहरूले भने, विद्रोही गतिविधिहरूको सामना गर्न तथा उग्रवादीहरूलाई पुनःसंगठित हुनदेखि रोक्नको लागि केही जिल्लाका संवेदनशील तथा सीमावर्ती क्षेत्रहरूमा खोजी अभियान एवं क्षेत्र वर्चस्व अभियान जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande