- “विकसित भारत- 2047 : वृद्धजन हेरचाह एवं सशक्तिकरण” विषयमाथि सम्पन्न भयो कार्यक्रम
नयाँ दिल्ली, 26 सेप्टेम्बर (हि.स.)। दिल्ली विश्वविद्यालयको लक्ष्मीबाई कलेजको समाजशास्त्र विभागद्वारा “विकसित भारत- 2047 : वृद्धजन हेरचाह एवं सशक्तिकरण” विषयमा बिहीवार दुई दिवसीय राष्ट्रिय संगोष्ठी आयोजना गरियो। यस अवसरमा डा. सुनिल मिश्रा एवं स्वाति मिश्राद्वारा लिखित पुस्तक “ओल्ड एज गोल्स”- को विमोचन गरियो।
स्वामी मिथलेश नन्दिनीले संगोष्ठीको उद्घाटनमा भने, समाज निर्माणमा वरिष्ठ नागरिकहरूको अनुभव तथा मार्गदर्शन अत्यन्त महत्वपूर्ण हुन्छ तथा हामीले उनीहरूको योगदानलाई सम्मान गर्नुपर्छ। विशिष्ट अतिथि भाजपाका पूर्व राष्ट्रिय उपाध्यक्ष श्याम जाजू एवं भाजपाका राष्ट्रिय महासचिव दुष्यन्त गौतमले पनि बुजुर्गहरूको कल्याणको लागि नीतिगत पहल तथा सामाजिक सहभागितामाथि बल दिए।
कार्यक्रममेा प्रख्यात समाजशास्त्री प्रो. अरविन्द जोशी, आरएन त्रिपाठी (बीएचयू), विन्ध्यवासिनी पाण्डेय, बीके नागला, माला शंकर दास कपूर, सनत कुमार शर्मा सहित अनेकौं विद्वानहरूले आफ्नो शोधपत्र अनि विचार प्रस्तुत गरे। यस संगोष्ठीमा देशभरिबाट आएका समाजशास्त्री, शिक्षाविद् एवं सामाजिक कार्यकर्ताहरूले वरिष्ठ नागरिकहरूको गरिमा, अधिकार तथा हेरचाहमाथि गहन विचार-विमर्श गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा